Pokharapatra National Daily

सामुदायिक सेवा केन्द्रको उदघोषण तालिम सम्पन्न

सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले आयोजना गरेको त्रिदिवसीय उदघोषण तालिम सम्पन्न भएको छ ।
पोखरा १५ लक्ष्मीटोल आमा समुहको भवनमा शुक्रबारदेखि शुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दे कार्यक्रमका प्रमुख अतिथि वडा नं. १५का वडाध्यक्ष प्रकाश पौडेलले तालिममले सहभागिहरुमा आत्मबल बढाउन सहयोग पुगेको बताए । संसार प्रस्तुतिकरणमा अडेको भन्दै घर परिवार समाज सवै ठाउँमा बोल्ने कला महत्वपूर्ण हुने उनको भनाई थियो ।
सहभागिहरुलाई तालिममा सिकेका कुरालाई ब्यवहारमा उर्तान अध्यक्ष पौडेलले आग्रह गरे । आयोजक संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समुदायमा दिने यस्ता तालिमले सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए । समाजमा विकृति विसंगति न्युनिकरण गरि शान्ति सुरक्षा अमयन चयन गराउनको लागि २०५७ साल देखि प्रहरी र स्थानीय जनताको सहभागितामा आफुहरुले रचनात्मक काम गर्दे आएको बताए । तालिमका प्रशिक्षक पत्रकार घनश्याम पाण्डेय तालिम प्रभावकारी हुनुको मुख्यकारण सहभागिहरुकै सक्रिय सहभागिता रहेको जनाए । प्रशिक्षक एक माध्याम मात्रै रहेको भन्दै पाण्डेले सहभागिहरुको भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने काम तालिमले गरेको बताए । सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारीले आफुहरुको सेवा केन्द्र अन्तरगत वडानं ८,९ ,१० र १५ पर्ने भन्दै आगामी दिनमा पनि समुदायमा आवश्यक तालिम सञ्चालन गर्दे जाने बताए । केन्द्रका वडा नं १५ का संयोजक एवं तालिम संयोजक टकदेवी पुनले वडा नं १५ का लक्ष्मी टोल आमा समुह सहित तालिममा विभिन्न संघसस्थाका २८ जना महिला पुरुषको सहभागिता रहेको बताइन । तालिममा सहभागि मध्यका धनबहादुर पुन, कमला क्षेत्री,जसबहादुर गुरुङ,नरमायापुनले तालिम आफुहरुले सोचे भन्दा पनि प्रभावकारी भएको भन्दै आफुहरु आगामी दिनमा सामाजिक कार्यमा सक्रिय भएर लाग्ने प्रतिबद्धत्ता जनाए । तालिम लिएपछि आफुहरुमा आत्मविश्वास बढेको उनीहरुको भनाई थियो । तालिममा सहभागिहरुलाई सचिव कुमारी मुना बास्तोला, कोषाध्यक्ष हरि प्रसाद पाण्डेय लगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन तालिममा सहभागी मिठु गोशलीले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्