Pokharapatra National Daily

मातृभुमिका लागि नेपाली अभियान पोखरा १३ को संयोजकमा बराल

 

मातृभुमिका लागी नेपाली अभियानको पोखरा १३ को समिति शनिबार सर्वसम्मत चयन गरिएको छ । पोखरामा एक भेलाको आयोजना गरी अभिनय को संयोजकमा शिबराज बराल सर्वसम्मत छानिएका हुन् ।
२५ सदस्यिय समितिमा सह संयोजक राजु क्षेत्री, सचिव बुद्धिप्रकाश बराल, सहसचिव राजन सिग्देल र बिशाल बराल तथा कोषाध्यक्षमा परमेश्वर बराल चुनिएका छन् । यस्तै समितिका सदस्यहरुमा सूर्यबहादुर सिग्देल, राजेन्द्र बराल, दिपक अधिकारी, राम बहादुर परियार, बिकाश बराल, जिवन बराल, सुमन अधिकारी, निर्मल बराल, अमृत बराल, शिब देबकोटा, रबी बराल, सुरज अधिकारी, बिजय सुनार, राजेन्द्र प्रसाद बराल, बिद्या बराल, नमुना बराल’डील्लु बि क, कपिल अधिकारी, नविन बराल रहेका छन् । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि मातृभुमिका लागि नेपाली अभियानका केन्द्रिय सहसंयोजक भवानी प्रसाद शर्माले यो समुह गैर राजनैतिक विशुद्ध स्वतन्त्र समुहको रुपमा अगाडि बढेको बताए । उनले हिन्दु राष्ट्र नेपाल हुनुपर्ने तथा संघीयता खारेज गर्नु पर्ने माग यो अभियानको रहेको उल्लेख गरे । मातृभुमीका लागि नेपाली अभियानका केन्द्रिय सदस्य राम बरालले यो समुहले हरेक क्षेत्रमा बिकाश निर्माणदेखि बिशेष गरी युवाहरुलाई कसरी सिपमूलक रुपमा युवा उद्यमशिलतामा दक्ष बनाउने भन्ने बारेमा धेरै काम गर्दै आएको बताए । कार्यक्रममा पत्रकार श्रीराम सिग्देल, अभिनयका कास्की जिल्ला सहसंयोजक सूर्यभक्त सिग्देल, जिल्ला समिति संगठन बिभाग प्रमुख माधब भण्डारी, वडा नं १२ की संयोजक बिद्या अधिकारी तथा वडा नं १३ का संयोजक शिबराज बराल लगायतले भेलामा बोलेका थिए ।

प्रतिकृया दिनुहोस्