Pokharapatra National Daily

शहरी स्वास्थ्य सेवा केन्द्र –१० लाई सुगर जाँच्ने सामाग्री हस्तान्तरण

टोल टोलमा रेडक्रस भन्ने नारा तथा सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ २०५० सालमा स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाले मानविय सेवाका कार्यमा लागि परी आपत बिपतमा समेत सेवा प्रदान गर्दै आईरहेको अबस्थामा नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाको भवनमा ३ वर्ष पहिले स्थापना गरिएको शहरी स्वास्थ्य सेवा केन्द्र वडा नं १० मा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाद्वारा संचालित शहरी स्वास्थ्य सेवा केन्द्रमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट उपलब्ध ३५ परिकारका औषधी निशुल्क बितरण गर्दै आईरहेकोमा हाल उक्त सेवासंगसंगै परिवार नियोजनका सम्पूर्ण साधन, गर्भवती महिलाहरूको जाँच, गर्भवती महिला र सुत्केरीलाई आबश्यक औषधी निशुल्क, ३ दिने, ७ दिने र ४२ दिने बच्चा र सुत्केरी महिलालाई ३ पटक सम्म घरमै जाच र आवश्यक परामर्शको ब्यबस्था, जन्मेको बाल बालिकाहरु लाई खोप लगाउने कार्य, बाल बालिकाहरुको चेक जाँच र तौल जोख्ने, टि भी रोगका औषधि र खकार जाच, कोभिड–१९ र डेङ्गो लगायतका अन्य रोग सम्बन्धी परामर्शको ब्यबस्थापन गरि संचालन गरिएको उक्त शहरी स्वास्थ्य सेवा केन्द्रमा अब सुगरका बिरामीहरुको सहयोगका लागि सहुलियत दरमा सुगर चेक जाच गर्न वडा नं–१० का वडा सदस्य एवम नेपाल रेडक्रस सोसाइटी पोखरा–१० का सभापति सम्मर बहादुर श्रेष्ठले आफुले पाएको भत्ताको केहि प्रतिशत मानबिय सेवामा सहयोग गर्ने उदेश्य राखी १ सय जनालाई पुग्ने सुगर चेक जाच गर्ने मेसिन सुई र सुगर जाच गर्ने स्ट्रिप्स शहरीस्वास्थ्य सेवा केन्द्र वडा नं १० का प्रमुख समुद्र केसी लाई हस्तान्तरण गरिएको कार्यक्रममा अन्य उपचार औषधी समेत थप्दै जाने निर्णय गरि संचालन गर्ने र सरकार द्वारा सहयोग प्राप्त औषधी भन्दा अन्य औषधी र उपचारमा सामान्य रकम लिई उपचार गराउने उदेश्य राखि संचालन गर्न लागिएको वडा सदस्य एवं उपशाखाका सभापति सम्मर बहादुर श्रेष्ठले बताए ।
सुगर जाच गर्ने सामाग्री हस्तान्तरण कार्यक्रम संगसंगै पहिलो सुगर परिक्षण गर्दै वडा सदस्य दिपक बहादुर थापाले सुगर परिक्षणको शुभारम्भ गर्नुहुदै यस्ता कार्यक्रमले वडाबासीहरूले सहुलियत दरमा औषधी र उपचार गराउनमा मद्दत पुग्ने बताउनु हुदै सहयोगी दाता लाई धन्यबाद दिनु हुदै यस्ता कार्यक्रमलाई सहयोग गर्न वडा बाट योजना बद्ध तरिकाले बजेट छुट्याउन पहल गरि वडा बासीहरुलाई सेवा प्रदान गर्न लागिपर्ने बताए । कार्यक्रममा शहरी स्वास्थ्य सेवा केन्द्र वडा नं–१० का कार्यालय प्रमुख एच. ए. समुन्द्र केसी ले यस स्वास्थ्य केन्द्र बाट वडाबासीहरुलाई सकेसम्मको सेवा दिन लागिपरेको बताउनु हुदै ३५ थरीका औषधीहरू निःशुल्क प्रदान गर्दै आईरहेको अबस्थामा हाल गर्भवती जाँचमा २५, बाफ लिनेमा १० र सुगर जाचमा ३५ लिई नया सेवा संचालन गरिएको बताउनु भयो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा –१० उपशाखाका उप सभापति जीबन श्रेष्ठ, शहरी स्वास्थ्य सेवा केन्द्र वडा नं –१० का स्टाफ नर्स मुना रेग्मी गौतम, भगवती आचार्य र समाज सेवी हिरा देबी श्रेष्ठ लगायतका स्वास्थ्य कर्मीहरूले महिलाहरूमा हुन सक्ने जोखिमपूर्ण बिरामीको उपचार र किशोर किशोरीहरूको समस्या समाधान गर्न लागी पर्नुपर्ने बताए ।
वडा नं १० का वडा सदस्य एवं नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाका सभापति सम्मर बहादुर श्रेष्ठ सभापतित्वमा सम्पन्न सुगर चेक जाच सामाग्री हस्तान्तरण कार्यक्रममा उपशाखा– १० का सचिव सूर्य बहादुर बानियाले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्