Pokharapatra National Daily

लालबहादुर–चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार अभिनेत्री मिथिलालाई

संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार २०७६ बाट नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भए वापत प्रसिद्ध नृत्यकलाकार तथा अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिने भएको छ ।
केन्द्रको बुधबार बसेको बैठकको निर्णयबाट प्रत्येक २÷२ वर्षको अन्तरालमा प्रदान गरिने उक्त पुरस्कारबाट यस वर्ष नृत्य कलाकार तथा अभिनेत्री मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । केन्द्रका संस्थापक अध्यक्ष स्व.लालबहादुर ढेवाजुको स्मृतिमा वहाँकी धर्मपत्नी चण्डेश्वरी ढेवाजूले २०५५ सालमा एक अक्षयकोष खडा गरी लालबहादुर ढेवाजु स्मृति संगीत पुरस्कार संचालन गर्ने जिम्मेवारी केन्द्रलाई प्रदान गर्नुभएकोमा पछि उनको पनि निधन भएपछि २०६९ सालमा उनका छोरीहरुले आफ्ना माता पिताको नामबाट पुरस्कार वितरण गर्न थालिएको थियो ।
यस पुरस्कारबाट नेपाली संगीतका शिखर पुरुष स्व.अम्बर गुरुङ, सुप्रसिद्ध गायक तथा संगीतकार दिप श्रेष्ठ, संगीतकार रन्जित गजमेर स्व. सरोजगोपाल, स्व.कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु, स्व.धनबहादुर गायक तथा श्यामलाल श्रेष्ठ सम्मानित भइसकेका छन् । हाल यस पुरस्कारको राशी १ लाख, दोसल्ला र सम्मानपत्र रहेको छ ।
उक्त पुरस्कार यही फागुन २७ गते एक समारोहका बिच नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भए वापत मिथिला शर्मालाई प्रदान गरिने अध्यक्ष गौतम विजुक्छेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्