Pokharapatra National Daily

जनप्रिय बहुमुखी क्याम्पसमा ट्रेकिङ गाइड तालिम

जनप्रिय बहुमुखी क्याम्पस र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजना तथा माछापुच्छ्रे मोडल ट्रेकको व्यवस्थापनमा ब्याच्लर अफ माउन्टेन टुरिजम म्यानेजमेन्ट (बिएमटिएम) का विद्यार्थीलाई एक महिने ट्रेकिङ गाइड सम्बन्धी तालिमको एक समारोहका बिच शुभारम्भ
गरिएको छ ।
समारोहको उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति तारा गिरीले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने बताए । स्वागत मन्तव्य सहित तालिमको उद्देश्यमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख विरञ्जी गौतमले पर्वतीय पर्यटन बिना समग्र पर्यटनको बिकास नहुने कुरा तर्फ जोड दिदै यस तर्फ सबै जना हातेमालो गर्दै अगाडि बद्नुपर्ने धारणा राखे । टान पश्चिमाञ्चलका पूर्व अध्यक्ष तथा अग्रज पर्यटन ब्यवसायी डम्बरबहादुर के.सीं.ले तालिमको भरपुर सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गरे । नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठीले नेपाली पर्यटन क्षेत्रमा माउन्टेन टुरिजम, एक प्रमुख पाटो भएकाले ट्रेकिङ गाइड सबै विषयमा जानकार हुन आवश्यक रहेको औल्याए । कार्यक्रममा बोल्दै माछापुच्छ्रे मोडेल ट्रेकका सचिव कुल प्रसाद अधिकारीले तालिमबाट आगामी दिनमा पर्यटन उद्योगलाई आवश्यक दक्ष जनशक्ति तयार हुने विश्वास ब्यक्त गरे ।
तालिमका सहभागी विद्यार्थी गेहेन्द्र पराजुलीले अनुशासन पूर्वक तालिममा सहभागी भएर उत्कृष्ट बन्ने प्रतिवद्धता ब्यक्त गरे । क्याम्पस प्रशासक एकनारायण अर्यालले कार्यक्रम संचालन गरेका थिए । बिभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकहरुबाट प्रशिक्षण गराइने तालिममा, तालिमपछि विद्यार्थीहरु फिल्ड भिजिटको लागि मर्दी र माछापुच्छ्रे मोडेल ट्रेकमा जाने बताइएको छ ।

प्रतिकृया दिनुहोस्