Pokharapatra National Daily

अष्ट्रेलियाको सहयोग वडा नं १३ का मृगौला पिडीत मिनवहादुरलाई

स्वदेशमा काम नपाइने, जीवनयापन गर्न आर्थिक अवस्था बलियो बनाउनु पर्ने बाध्यात्मक अवस्था भएपछि हरेक कुरालाइ सम्झौता गरी नेपाली युवाहरु विदेशिने क्रम बढेको पाइन्छ । नेपालबाट लाखौको संख्यामा महिला तथा पुरुष कामको लागि विदेश गएका छन् ।
विदेश जाने पैसा कमाइ घडेरी किन्ने, छोरा छोरी पढाउने, घर बनाउने विवाह गर्ने विषयमा नै केन्द्रत देखिन्छ । तर सामाजिक भावनाले ओतप्रोत युवायुवती विदेशमा बसेपनि स्वदेशकै दिदीवहिनी र दाजुभाइको चराएको घाउमा मलाम लगाउने मनकारी हातको औलामा गन्न सकिन्छन् । औलामा गन्न सकिने मध्ये अष्टे«्लियामा बस्ने नेपालीलाइ गन्न सकिने उदाहरणीय बनेका छन् पोखरा समाज अष्ट्रेलियाको परिवार । पोखरा महानगरपलिका वडा न १३ स्थित कैलाश टोलमा अस्थायी बसोबास गर्दै आएका मिनवहादुर सार्कीको गत चैत वाट मृगौलाले काम गर्न छोडेपछि परिवारलाइ चिन्तामा डुवाएको छ । एक वर्ष पहिला पूर्वतिरको गाइघाट होटलमा कामको शिलशिलामा जाँदा स्वास्थ्यमा समस्या आएपछि धरान अस्पतालमा उपचार गर्ने क्रममा मृगौलाले काम गर्न छाडेको मिनवहादुरले थाहा पाए । उपचारको क्रममा भौतारिहँदै हिड्दा पोखराको चरक अस्पतालमा पुगे पछि हाल सोही अस्पतालमा निःशुल्क डायलासिस गरिराखेका छन् । उनै मिनवहादुरलाइ मृगौला प्रत्यारोपण गर्न पैसा नुहँदा जीवन मरणको दोसाँधमा परेका छन् । सेवा नै धर्म हो भन्ने मुल मन्त्रमा बाँधिएको पोखरा समाज अष्ट्रेलियाको परिवार मिनवहादुरलाइ थप उपचार गर्नको लागि ४० हजार दिने भएको छ । ४० हजार मध्ये २५ हजार पाँचसय २५ रुपैयाँ बुधवार प्राइम बैकमा जम्मा गरिसकिएको पोखरा समाज अष्ट्रेलियाका महासचिव समित केसीले जानकारी दिए । बाँकी रकम विहीवारनै जम्मा गरिदिने महासचिव केसीले भने । अष्ट्रेलियावाट प्राप्त रकमको भौचर अभियानका संयजोक रामचन्द्र कार्की , पोखरा १३ तथा आसपासका गतिविधिका संचालक कुमार केसी र पत्रकार शोभाकान्त सिग्देलको उपस्थितिमा मनिवहादुर लाइ प्रदान गरिएको थियो । पछिल्लो समयमा विदेशमा वसेपनि जन्मभुमि लाई पहिलो प्राथमिकतामा राखी पोखरा समाज अष्ट्रेलियाले सामाजिक कार्यलाई निरन्तर अगाडि बढाई रहेको छ । २०७६ चैत ११ गते देखि नेपालमा लकडाउन सुरु भएदेखि नै नकोभिड–१९ प्रभावित व्यक्ति देखी बाडिपहिरो पिडितलाई सहयोग गर्दै आएको पोखरा समाज अष्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारीले वताए । मिने सार्की बचाउ अभियान अन्तर्गत छिमेकीदेखी स्वदेश हुँदै बिदेशमा रहेका नेपाली समुदाय बिच सहयोग को अपिल गरिएको सहयोग आर्थिक सकलन समितिका संयोजक रामचन्द्र कार्कीले वताए ।
अष्ट्रेलियाबाट समाजका महासचिव समित के सी को समन्वयमा विदेशवाट पहिलो सहायोग प्राप्त भएको पोखरा १३ तथा आसपासका गतिविधिका संचालक कुमार केसीले वताए । समुदायका हरेक दुख–सुखमा समाजले सहयोग गर्दै आइरहेको समाजसेवी युवराज त्रिपाठीले पोखरा समाज अष्ट्रेलिया परिवारलाइ धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्