Pokharapatra National Daily

पोखरामा ब्यूटी पार्लर सम्बन्धी दुई दिने सेमिनार सम्पन्न

ब्यूटी पार्लर व्यवसाय सम्बन्धि दुई दिने सेमिनार पोखरामा सम्पन्न भएको छ ।
काठमाडौमा रहेको स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ्ग सेन्टरको आयोजना र पोखराको विरौटामा रहेको शिसिर ब्यूटि पार्लर एण्ड टे«निङ्ग सेन्टरको व्यवस्थापनमा बुधबार र बिहिबार दुई दिन सेमिनार सम्पन्न भएको हो । सेमिनारमा मेकअप, स्कीन र हेयर सम्वन्धि सीपका बारेमा प्रशिक्षण गराइएको स्थानीय व्यवस्थापक शिसिर थापा गोदारले जानकारी दिए । स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ्ग सेन्टर काठमाडौका ब्यूटिसियन तथा मेकअपका आटिर्स रुस्का बैद्य श्रेष्ठले प्रशिक्षण गराएकि थिईन् ।
ब्यूटीपार्लरमा आउने सेवाग्राहीलाई मेकअप, स्क्रीन र हेयरका बारेमा सैद्धान्तिक ज्ञानहरु बारे जानकारी गराएको प्रशिक्षक श्रेष्ठले बताईन् । उनले ब्यूटिसियनहरुलाई टेक्निकल नलेजको बारे ज्ञान ज्ञान हुन आवश्यक रहेको बताईन् । प्रशिक्षक श्रेष्ठले सिटिईभिटिले सञ्चालन गर्ने परिक्षामा सहभागी हुदाँ समेत सहज होस भन्ने उद्देश्यले सेमिनार आयोजना गरेको बताईन् । आफनो पेशामा ब्यवसायीहरु दक्ष हुनुपर्छ भन्ने मान्यताले उनको छ ।
पहिलो पटक स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ्ग सेन्टरले पोखरामा सेमिनार आयोजना गरेको हो । सेमिनारमा कास्की, स्याङजा, तनहुँ, लमजुङ, पर्वत लगायत जिल्लाका ३७ जना ब्यूटिसियनको सहभागीता रहेको स्थानीय व्यवस्थापक शिसिर थापा गोदारले जानकारी दिईन् ।

प्रतिकृया दिनुहोस्