Pokharapatra National Daily

बाटुलेचौरको प्रगति स्कुलमा गुणात्मक शिक्षा

पोखरा महानगरपालिका वडा न १६ बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुल गुणात्मक शिक्षामा नमुनाका रुपमा विकास भइरहेको छ ।
गुणात्मक विद्यार्थी बनाउन पहिला शिक्षकको क्षमता विकास भएर मात्र हुने विश्वास बोकेर लामो समयदेखि प्रगति टिम लागि परेको छ । गुणात्मक शिक्षाको लागि काठामाडौ लगायतका विभिन्न क्षेत्रवाट शिक्षाविद्ध तथा प्रशिक्षक बोलाएर समय समयमा शिक्षकलाइ तालिम दिनुलाइ उदाहरण मान्न सकिन्छ । लकडाउन पछि सवैभन्दा समस्या परेको क्षेत्र भनेको विद्यालय नै हो । विद्यालयमा परेको समस्यालाइ प्रगति स्कुलले प्रगति एप सुरु गरी नेपाल भरी विद्यार्थीहरुलाइ नयाँ प्रविधि मैत्री वातवरण बनाउन ठूलो भुमिका खेलेको छ ।
विद्यार्थीको विकास बाल मैत्री कक्षा शिक्षण सिकाइ, स्थानीय पाठ्य तथा शैक्षिक सामाग्रीको प्रयोग र संरचनाका दृष्टीले पनि प्रगति नमुना विद्यालयका रुपमा विकास हुँदै गएको छ । नर्सरीदेखी ११ कक्षा सम्म पढाइ हुने विद्यालयमा श्रीपञ्चमीका दिन १८ कोठाको नवर्निमत भवनको उद्घटान गरिएको छ । स्वास्थ्य मापदण्ड र शैक्षिक मैत्री वातवरणमा भरीपूर्ण प्रगति विद्यालयको नवनिर्मित भवनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका महानिर्देशक वैकुण्ठ अर्यालले उद्घाटन गरेका हुन् । विद्यालय व्यवास्थापन समितिका अध्यक्ष दानवहादुर वानियाँको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम आचार्य, वडा नं १९ का वडा अध्यक्ष शोभामोहन पौडेल, प्याव्सनका केन्द्रिय सदस्य माधवशरण उपाध्याय लगायत वोलेको कार्यक्रममा विद्यालयका सह प्राचार्य महेन्द्र थापाले स्वागत र शिक्षक जिवन सागर भण्डारीले संचालन गरेका थिए । हाल विद्यालयमा ९२ शिक्षक कर्मचारी र एघार सय ९५ विद्यार्थी रहेका छन् ।

प्रतिकृया दिनुहोस्