Pokharapatra National Daily

कास्की निर्वाचन क्षेत्रनं १(१)मा एक घर एक धाराको अभियान ः सांसद कोइराला

कास्की निर्वाचन क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा एक घर एक धाराको अभियान अन्तिम चरणमा पुगेको बताएका छन् ।
गण्डकी प्रदेश सभा अन्तरगर्तको अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले शनिबार निर्वाचन क्षेत्रमा पर्ने निर्माणधिन चैनपूर सातमुहाने खानेपानी योजनाको निरीक्षण गर्दे उक्त कुरा बताए । उक्त योजनाको लागि गत बर्ष प्रदेशबाट ४८ लाख र यस बर्ष ३० लाख बजेट विनियोजन भएको बताउदै कोरालाले चैनपूर र सातमुहाने क्षेत्रका ११ सय घर परिवारलाई यस योजनाले समेटने बताए । आफ्नो निर्वाचन क्षेत्र भित्र लेखनाथ साना शहरी खानेपानी योजनाले स्वच्छपानी उपलब्ध गराउदै आएको र रुपा गाउँपालिकामा पनि प्रदेश र संघीय सरकारको सहकार्यमा अभियान तिव्र रुपमा अगाडि बढेकोले आफ्नो निर्वाचन क्षेत्रमा एक घर एक धाराको अभियान अन्तिम चरणमा पुगेको बताए । चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समितिका सचिव केशबराज पंगेनीले करिव ७ किलोमिटर टाडा रुपा गाउँ मुहानबाट पानी ल्याई चैनपुरडाँडामा ३ लाख लिटरको ट्याङकी निर्माण गरेर पानी वितरण गर्ने बताए । गत बर्षको प्रदेश सरकारको बजेटबाट पाइप खरिद गरेको अहिले पाइप विछाउने र पुर्नेकाम भइरहेको बताए । यस ओजना सम्पन्न भएपछि त्यस क्षेत्रमा पानीको कुनै समस्या नहुने पंगेनीको भनाई रहेको थियो ।

प्रतिकृया दिनुहोस्