Pokharapatra National Daily

लायन्सको जोन मिटिङ सम्पन्न

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल, क्लस्टर २५, रिजन ५१ अन्तर्गत जोन १०१ को तेश्रो जोन मिटिङ सोमबार सम्पन्न भएको छ ।
बैठकमा जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा ग्लोबल लेकसिटी र पोखरा पुष्पांजलिका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको सहभागीता रहेको थियो ।
बैठकमा पोखरा पिस सिटी अध्यक्ष रामप्रसाद अधिकारी, पोखरा ग्लोबल लेकसिटीका अध्यक्ष गंगाबिलास लोहनी र पोखरा पुष्पांजलिका अध्यक्ष दुर्गा श्रेष्ठले क्लबले हालसम्म सम्पादन गरेका कार्य र बाँकी कार्यक्रमहरू प्रस्तुत गरेका थिए । लायन्स अन्तरराष्ट्रियको बिधी बिधान अनुसार जोन चेयरपर्सनले एक बर्षे कार्यकालमा आफ्नो माताहतमा रहेका क्लब लिएर कम्तिमा ४ वटा जोन मिटिंग गर्नुपर्ने प्रावधान रहेको छ । जसमा पहिलो मिटिंगमा वार्षिक कार्ययोजना सम्बन्धि छलफल, दोश्रोमा सदस्यता बृद्धि, तेश्रोमा लिडरशिप र चौथोमा बर्ष भरि गरेका कार्यहरूको समिक्षा सहित फÞेलोशिपलाई प्राथमिकता दिईने जोन चियरपर्सन दिलीपकुमार श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट को–चिफ एडभाइजर बिनोद ढुङगानाले लायन्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो। उहाँले कोभिड–१९को महामारीको समयमा समेत क्लबहरूले सामाजिक कार्यलाई निरन्तरता दिई उत्कृष्ट कार्य सम्पादन गरेकोमा गर्व महशुष गरेको बताउनु भयो । जोन चियरपर्सन दिलीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा डिष्ट्रिक्टका सिनियर डिष्ट्रिक्ट एडभाइजÞर सुदीपराज ढुङगाना, डिष्ट्रिक्ट एडभाइजÞर टंकराज अधिकारी, जिएसटी को(अर्डिनेटर कृष्ण पराजुली, रिजन ५१ का रिजन चेयरपर्सन ज्ञानेन्द्र कोईराला, जोन १०२ का जोन चेयरपर्सन हर्कबहादुर अधिकारी, डिष्ट्रिक्ट चेयरपर्सन अर्जुन सिग्देल, शोभा गौतम लगाएतले क्लबले गरेका कार्यको उच्च प्रसंसा गर्दै लायन्सले गर्नुपर्ने काम, कर्तव्य र उत्तरदायित्वको बारेमा प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस्