Pokharapatra National Daily

अपराधी उम्कन नपाउन

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवन नजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भट्टको बलात्कार पछि हत्याले कञ्चनपुरकि निर्मला पन्तक‍ो जस्तै घटना भएको छ । बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको थियो । यो घटनाक्रमले अपराधीलाई चाँडोभन्दा चाँडो पक्राउ गरि न्यायको कठघरामा ल्याउन नसके अपराध बढ्दै जानेछ । इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी बिहीबार राति नै घटनास्थल पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसहित सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली शुक्रबार बिहान घटनास्थल पुगेर घटनाको संवेदनशीलता देखाएका छन । प्रमुख जिल्ला अधिकारीले किशोरीको बलात्कारपछि हत्या भएको अनुमान गरिए त्यसपछिका कसरी अघि बढ्ने भन्ने उपाय पनि खोजेको देखिन्छ । ‘फरेन्सिक टिम बोलाउने, घटना मुचुल्का गरी किशोरीको शव जिल्ला अस्पताल लाने त्यहाँ चिकित्सको टोलीले पोस्टमार्टम गर्ने र किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लगाई कानुनी दायरामा ल्याइने तत्परता देखाएका छन । प्रहरीले किशोरीको मोबाइल ब्याट्री झिकेर फालिएको अवस्थामा घटनास्थलमै फेला पारेको छ । मोबाइलका सूचना केलाउने कार्य पनि प्रहरीले
गरिरहेको छ ।
प्रदेश सरकारका तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी मुकेश सिंहसहितको टोली घटनास्थलतर्फ गएको छ । धनगढीबाट तालिमप्राप्त कुकुर पनि घटनास्थल लगिएका छन् । नेपाल प्रहरीका डिआईजी उत्तम सुवेदी नै घटनास्थल पुगेका छन । नेपाल प्रहरीले अनुसन्धान गरेर अपराधीलाई चाँडै गिरफ्तार गर्न सक्ने क्षमता छ । खोचलेक–चडेपानी कच्ची सडकको लवलेक (स्थानीय भाषामा लडालेक)को बीच जंगलमा सडक आसपास बलात्कार गरी घिसारेर ५०–६० मिटर तल झाडीमा शव फालिएको फेला परेको स्थानीय शिवराज भट्टले बताए । ‘घरमा आमा एक्लै भएको भन्दै अभिभावकविहीन भएको मौका छोपेर बलात्कार गरेको हुन सक्छ’, आफन्त भट्टले भने । भागरथीका बुवाको एक महिनाअघि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थिया े। उनका दाइ केही दिनअघि किरिया सकेर भारततिर लागेका थिए । राष्ट्रिय मानव अधिकार आयोगले दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत दिन सरकारसँग आग्रह गरेको छ । त्यस्तै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आयोगले आफ्नो तर्फबट अनुमगनका लागि घटनास्थलमा टोली खटाएको जनाएको छ । आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।
त्यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटना अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ।सरकारले पनि गम्भीरतापूर्वक लिएको यस घटनामा कञ्चनपुरकि निर्मला पन्तको जस्तो अपराधी पत्ता लगाउन नसक्ने हुनुहुँदैन । अपराधलाई राजनीतिकरण गर्ने र कसैको कमाउ खेती गर्ने माध्यम बन्न नदिन पनि प्रहरीले अनुसन्धानमा कुनै कमजोरी नहोस् भनेर सचेतता अपनाउनु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...