Pokharapatra National Daily

शहिदप्रतिको उच्च सम्मान

जहानीया निरंकुश शासनको अन्त्य गर्दै जनतालाई रैतीबाट स्वाभिमानी नागरिक बनाउन आफ्नो प्राण आहुती दिने शहिदहरुलाई संझदा शिर निहुरिन्छ । नेपालमा भएका आन्दोलनमा धेरै पटक जनताले साथ दिएका छन।आन्दोलनमा आफ्नो सुन्दर जीवनको प्रवाह प्राण उत्सर्ग गर्ने शहिदप्रति सबैको श्रद्धा हुने गर्दछ । हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो । यश अघि माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीमा तथा १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । जहानीया निरंकुश राणा शासनको विरुद्ध वलिवेदीमा चढ्ने वीर शहिदलाई संझने गरिएको छ । सरकारले सहिद दिवस विशेष कार्यक्रम गर्ने भएको छ । सहिद गेटमा शहिदहरुप्रति माल्यार्पण र सहिद स्तम्भमा गएर श्रद्धाञ्जली दिने भएको छ । सहिद दिवसमा समारोह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ। उनीहरूको जीवन गाथालाई संझेमा शहिदको योगदान ताजा बनाउँछ । जस्ले लोकतन्त्र, राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारका लागि ज्यानको आहुती दिए उनीहरूलाई सहिद घोषणा गरिएको थियो । शहिदलाई सम्मान गर्ने सबैको साझा बनाउन सकेमा शहिद प्रतिको सच्चा श्रद्धाञ्जली हनेछ । आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोक हितमा व्यक्ति अमर हुन्छ । उनीहरुको सम्झनामा शिर निहुराउने अवस्था हरेक वर्ष आउने गर्छ । उनीहरुले पछ्याएको बाटोमा लाग्ने प्रण पनि गर्ने दिन सहिद दिवस हो ।
देश र जनताको हक अधिकार प्राप्तिका लागि आफ्नो जीवन बलिदान दिने सहिदको सम्झनामा सहिद सप्ताह मनाउने गरिएको छ । वि.स. २०१२ देखि माघ १६ गते शहीद दिवस मनाउने थालिएको हो । वि.स. ११९७ मा शुक्रराज शास्त्री माघ १० गते काठमाडांै पचलीमा मृत्यु दण्ड दिइएको थियो । त्यस्तैगरी धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्यु दण्ड दिएका थिए । तीनै सहिदले जनताको अधिकार प्राप्ति र राष्ट्रिय स्वाभिमानका लागि प्राणको आहुती दिएको हुँदा सहिदको संझना सहिद दिवस मनाउने गरिएको हो । सरकारले माघ १६ गते सहिद दिवस मानेर सार्वजनिक विदा दिएको छ।पहिला काटिएको विदा फेरि दिएर सरकारले गल्ती सच्याएको छ । नेपालमा प्रजातन्त्र पुनस्थापनाको लागि भएको आन्दोलनमा धेरैले ज्यान गुमाएका छन् । राणा कांग्रेसको सरकार बनेपनि चिनिया काजीले ज्यान गुमाउनु प¥यो । पंचायतीकालरात्रीको बेला धेरैले ज्यान गुमाए २०४६ को प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा शाहदत प्राप्त गर्ने १९ जनालाई सहिद घोषणा गरियो । प्रजातन्त्र पुनस्थापना पछि पनि जनताले अधिकार प्राप्तिका लागि आन्दोलन जारी राखे । त्यसबेला पनि शाहदत प्राप्त गर्नेहरुलाई राजनीतिक पार्टीले सहीद मान्न थालेका थिए ।
राजनैतिक दलले संचालन गरेको आन्दोलन, माओवादीले २०५२ साल फागुन १ गतेदेखि थालेको जनयुद्ध, २०६२÷०६३ को आन्दोलन, त्यसपछिका मधेश आन्दोलनमा राज्यबाट मारिएकालाई सहिद घोषणा गर्ने क्रम जारी रहेको छ । थारु आन्दोलन आदीवासी जनजाती आन्दोलनमा शाहदत प्राप्त गरेकालाई सहिद घोषणा गरिएको छ । दोश्रो जनआन्दोलन पछिका सरकारले विभिन्न दलले संचालन गरेका आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने र १० लाख रुपैया दिने गरिएको छ । विगतको सरकारले शसस्त्र द्वन्द्वमा मारिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा कार्यरत समेतलाई सहीद घोषणा गरिएको छ । नेपालमा अझै कति सहीद थपिने हुन टुङ्गो छैन ।प्रधानमन्त्री पुष्प कमल दाहालले तीन हजारलाई सहिद घोषणा गर्न निर्णय भएको जानकारी गराएका छन । सरकारले गोली ठोक्ने दस लाख दिने र सहिद घोषणा गर्ने संझौता गर्दै आएको छ।यो कहाँ पुगेर अन्त्य हुन्छ भन्न सक्ने अवस्था छैन ।
यसरी घोषणा गर्दै जादाँ सहीदको अपमान गर्ने काम मात्र भएको छ । कस्तालाई सहिद मान्ने भन्ने मापदण्ड पनि सरकार पिच्छे फरक फरक बनाउने गरिएको छ । सहीदलाई सस्तो बनाउने र १० लाख रुपैयामा तुलना गर्ने गरिएको छ । देश र जनताका लागि आफ्नो प्राण त्याग गर्ने सहिदलाई राज्यले घोषणा नगरे पनि नेपाली जनताले सम्झने र श्रद्धा गर्ने गरेका थिए । विभिन्न कालखण्डका सरकारले हचुवाको भरमा र सडक आन्दोलन गरेको भरमा सहिदको संख्या बढाउने गरेको छ । राज्य कोषबाट १० लाख लिनकै लागि सहिद घोषणा गरेर सहिदको अवमुल्यन गर्ने गरिएको छ । सारा देशले सहीद प्रति श्रद्धा गर्ने र उनीहरुले आन्दोलनमा पु¥याएको योगदानको कदर गर्न सकेमा मात्र सहीद दिवस मनाएको सार्थकता हुनेछ । शहिदको गाथा गाएर नथाक्ने तर शहिदले देखाएको आदर्श विर्सनेहरु शासन सत्तामा रहनेहरुकै कारण जनतामा शासकहरुप्रति विरोध आक्रोश छ।राजनितिक परिवर्तन सिमित व्यक्ति र तिनका आफन्तका लागि मात्रै भएको छ।युवा देखि प्रौढ समेत विदेश पलायन हुने क्रम रोकिएको छैन । देशका लागि यो सबैभन्दा घातक हो । सहीदप्रतिको सम्मान गर्न आन्दोलन र आन्दोलनका योद्धाहरुलाई विर्सन मिल्दैन । जसले ज्यान दिए, अंग भंग भए, सन्तान गुमाए, टुहुरा भए तिनका बारेमा पनि राज्यले सोच्नुपर्दछ । सहीद, सहीद परिवार र घाइते तथा अपाङ्ग राजनीतिक मुद्धा बनाउनु हुदैन । सहीद, योद्धा, घाइते, अपाङग र सहीद परिवारलाई सम्मान गरे मात्र सहीदहरुप्रति सच्चा सम्मान हुनेछ ।

प्रतिकृया दिनुहोस्

२६ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

ल्होसार(ल्होछार)को शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

२६औं सडक महोत्सव

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित शुरू भएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद...

क्रिसमसको रमझम

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर...

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...