Pokharapatra National Daily

देशमा संविधान र विधिको शासन हुनुपर्दछः पूर्वराष्ट्रपति यादव

पूर्व राष्ट्रपति डा.रामवरण यादवले सरकारले जनताले अपेक्षाकृत काम गर्न नसकेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीको शनिबार पोखरामा सम्पन्न भएको १७ ओै साधारण सभा एवं १२ ओै अधिवेशनको उद्घाटन गर्दै उहाँले जनताले अपेक्षा गरे अनुसारको अहिलेको सरकारले काम गर्न नसकेकोले बताउनु भएको हो ।
राज्यको चरित्र पहिलाकै अबस्थामा रहेको उल्लेख गर्दै उहाँले डिजिटल प्रविधिले विश्वलाई धेरै अघि लगेको अबस्थामा नेपाल पनि यस क्षेत्रमा पछि परेको पूर्व राष्ट्रपति यादवले जनाउनु भयो । उहाँले भन्नुभयो“धेरै ठुलो फट्को मारेको छ देशले तर गुणस्तरमा भने खस्केको अबस्थामै हामी रहेका छौं, ८० प्रतिशत मानिसहरु गरिब हुनुहुन्छ, शिक्षा स्वास्थ्य क्षेत्रमा गुणस्तरिय सेवा उपलब्ध छैन् ।” देशमा हाल धेरै प्रकारको समस्या भएकोले त्यसको खबरदारी गर्न पत्रकारलाई पूर्व राष्ट्रपति डा.यादवले आग्रह समेत गर्नु भयो । उहाँले भन्नु भयो“सहकारी ठगिको अबस्था छ, चुरे क्षेत्रको दोहानले तराइको क्षेत्रका तराई देखि जनकपुरसम्मका जनता किसान, मजदुरहरु गाग्री लियर काठमाण्डौं आउनु भएको छ ।” पत्रकारिताको क्षेत्रमा लागेका व्यक्तिहरुले आफ्नो धर्म निर्वाह गरी आफ्नो जीवन निर्वाह गर्ने आफ्नो समाज र राष्ट्र प्रतिको आफ्नो दाहित्व बहन गर्न उहाँको सुझाव थियो । श्रमजीवी पत्रकारहरुको समस्या अझै रहेकोले आफ्नो व्यवसायीक धर्म निर्वाह गर्नैपर्ने अन्यथा सहज ढंगबाट समाज नचल्ने पूर्व राष्ट्रपति डा.यादवकोे भनाई थियो । कान्तिपुर मिडिया हाउसका मान्छेलाई सरकारले जुन प्रकारले समातेको छ त्यो विधिको शासन, कानून विपरित भएको उहाँको भनाई थियो । राज्यले गैरकानूनि ढंगले कान्तिपुर पव्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको उहाँको आरोप थियो । चिठी पत्र काटेर, भूल भएछ भनेर सिडिओ अफिसले पत्र काट्नुपर्ने पूर्व राष्ट्रपति यादवले ले जनाउनु भयो । कैलासका बाबु घाँसीराम मारवाडीले सहज रुपमा नेपाली नागरिकता नपाएको उक्त अबस्थामा तत्कालिन प्रमुख जिल्ला अधिकारी हेमराज ज्ञवालीले घाँसीरामलाई नागरिकता दिएको उहाँले स्मरण गर्नु भयो । एक सय वर्ष पहिला आउनु भएको सिरोहियालाई राज्यले हाल गैर कानूनि ढंगबाट पक्राउ गरेको उहाँको भनाई छ ।
आफुले राजनीति जनकपुरबाट सुरु गरेको उल्लेख गर्दै उहाँले हाल तराईबासीले पानीको अभावमा काठमाडौंमा पुगेर आन्दोलित हुनु परेको पूर्व राष्ट्रपति डा.यादवले जनाउनु भयो । हाम्रो देशमा संविधानमा भएको व्यवस्था सरकारमा भएकाले पालना नगरेको आरोप लगाउदै कैलाशको पिताजी घासीराम मार्वाडी सज्जन मान्छे भएको उहाँको भनाइ थियो ।
मिडियाको विकास भए पनि देशको राष्ट्रिय चरित्र नफेरिएको उनले दुखेसो पोखे भने, ‘संविधानमा भएको कुरा पनि सरकारमा भएको मानिस पालना गर्दैन ।’ मिडियाको विकास भए पनि देशको राष्ट्रिय चरित्र पहिलाकै अबसथामा रहेको उहाँले गुनासो गर्नु भयो । साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले जुनसुकै सरकार आए पनि राज्यले मूलधारका सञ्चारमाध्यमलाई नियन्त्रण र निषेधको प्रयास गर्ने प्रवृत्तिमा कुनै भिन्नता नदेखिएको बताउनु भयो । पत्रकार महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश विष्टलेखसरकार नै सञ्चार माध्यम विरुद्ध खनिएको न्याय संगत नभएको बताउनु भयो । साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही कृति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०८० बाट सम्मानित हुनु भएको छ । पूर्वसांसद तथा उद्योगपति सूर्यबहादुर केसीको स्मृतिको उहाँको परिवारद्वारा स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान सहित नगद राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । पत्रकार महासंघ कास्कीले आर्थिक पत्रकारिता पुरस्कार–२०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देललाई पुरस्कृत गरेको छ भने उक्त पुरस्कारको राषि २० हजार रुपैयाँ रहेको छ । संघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्