Pokharapatra National Daily

वामपन्थी शक्तिहरू वैचारिक बहसमा जुट्नुपर्दछः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गर्नुभएको छ ।
‘पुष्पलाल जन्म शताब्दी समारोह २०८१’ द्वारा सोमबार पोखरामा आयोजित विचार गोष्ठीमा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको उच्च कदर गर्दै मुलुक र जनताको हितका लागि वामपन्थीहरू एकठाउँमा उभिनुपर्छ भन्नुभयो ।
कम्युनिष्टहरूमा रणनीतिक रूपमा दुविधा नभए पनि कार्यनीतिका कारण पछाडि परेको जनाउँदै उहाँले भन्नुभयो, “हामी कार्यनीतिका कारण पछाडि प¥याँै, रणनीतिक रूपमा दुविधा छैन, अहिलेको परिस्थितिमा कसरी जाँदा ठीक ठाउँमा पुगिन्छ त्यसको विश्लेषण गर्न अपरिहार्य छ । पुष्पलाल जन्मशताब्दी समारोह समिति काठमाडौँको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन लगायतमा पुष्पलालको योगदान विषयमा वाम वुद्धिजीवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्ववन्धु भण्डारीले टिप्पणी गर्नुभएको थियो ।
पुष्पलाल जन्म शताब्दी समारोह २०८१ का संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, नेकपा (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, नेकपा (माओवादी केन्द्र) कास्कीका इञ्चार्ज रामजी बराल जीवन, राष्ट्रिय जनमोर्चाका शङ्कर बराल, नेकपा नेतृ सावित्रा दुरा आस्था, नेकपाका डा मनिष भट्टराई र पुण्य पौडेल लगायतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्