आज : २०२६-०५-२३, शनिबार

अग्नि नियन्त्रण सम्बन्धी सामग्री हस्तान्तरण

पोखरा महानगरपालिका वडा नंं १६, १९ र २० मा सव्रिmय वन क्षेत्र अग्नि नियन्त्रण सञ्जाललाई विहीबार कुर चिन्ने खर्क सामुदायिक वन उपभोक्ता समिति पोखरा–१६ अर्मलामा आयोजित एक कार्यक्रमका विच वन डिभिजन कार्यालय कास्कीले अग्नि नियन्त्रण सम्बन्धी १५ थरि सामग्री हस्तान्तरण गरेको छ ।
निमित्त डिभिजन वनअधिकृत शालिग्राम पराजुलीले सञ्चालका संयोजक जीतबहादुर बस्नेतलाई सो सामग्री हस्तान्तरण गरेका थिए । यस क्षेत्रमा हुन सक्ने दैविक प्रकोपको बेलामा अग्नि नियन्त्रण सामग्रीको प्रयोगले क्षति न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा निमित्त डिभिजन वन अधिकृतले शालीग्राम पराजुलीले जोड दिएका थिए । साथै कुर खर्क सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई सिताके च्याउ सम्बन्धि तालिम पनि सञ्चालन गरिएको थियो । तालिममा च्याउ उत्पादक अगुवा कृषक धर्मराज थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन मनु वस्नेतले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू