आज : २०२६-०५-२३, शनिबार

होण्डा ग्राजिया स्कुटर पोखरामा

स्याकार ट्रेडिङ कम्पनी गण्डकीको आधिकारीक विक्रेता कुवँर ब्रदर्श एण्ड सन्स्ले सोमबारदेखि पोखरा बजारमा होण्डा ग्राजियाको बिएसभिआई मोडलका स्कुटर बजारमा ल्याएको छ ।
स्कुटरको आकर्षक र स्टाईलिस लुक रहेको उक्त १२५ सिसि नयाँ बिएसभिआई मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ ।
यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सेल्स म्यानेजर सचिन श्रेष्ठले बताए । नेपाली बजारमा ग्राजिया बिएसभिआई डिआरएस मोडलको मूल्य २,६९,९०० रहेको र ग्राजिया बिएसभिआई डिएसएस मोडलको मूल्य २,८९,९०० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू