आज : २०२६-०५-२३, शनिबार

प्राइम सहकारी संस्थाद्धारा बार्षिकोत्सवमा बाख्रा वितरण

प्राइम सहकारी संस्थाले आफ्नो ११ औं बार्षिकोत्सवको अवसरमा बाख्रा वितरण गरेको छ ।
सहकारीले एक समारोहका बिच कास्कीको अन्नपूर्ण गाउँपालिका ९ स्थित उल्लेरीका निम्न आय भएका ६ घर परिवारलाई बाख्रा वितरण गरेको हो ।
निम प्रसाद पुन, राम मगर, फडेन्द्र मगर, नर बहादुरु मगर, लक्ष्मण पुन र दुवेन्द्र मगरलाई सहकारीले जनही एक÷एक वटा विउ पूंजिको रुपमा खाब्रा सहयोग हस्तान्तरण गरेको सहकारीका अध्यक्ष निदेश प्रसाद कोइरालाले बताए । सहकारीले हालसम्म करिब ६५ घर परिवारलाईं बाख्रा वितरण गरेको छ ।
सावेत मिलन समाजका अध्यक्ष इमानसिंह गुरुङ, सल्लाहकार मुत्तबहादुर गुरुङ, मानबहादुर गुरुङ लगायतले सहकारीको निम्न बर्ग भएकाहरुको आर्थिक उत्थानको लागि राम्रो प्रयास भएकोमा जोड दिए । सहकारीले आधुनिक प्रविधि अन्र्तगत एटिएम मेसिन, सहितको अन्य सुविधा उपलब्ध गराउदै आएको व्यवस्थापक निरु थापा बताइन्। सहकारीमा हाल १ हजार ४ सय शेयर सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू