आज : २०२६-०८-२८, शुक्रबार

ज्ञानकी खानी अदिती इन्टरयाक्ट लेकसाइडको अध्यक्ष

सानै उमेरदेखि किताबसँग मित्रता गाँसेकी अदिती पराजुलीका लागि अक्षर केवल पढ्ने विषय होइन, जीवन बुझ्ने माध्यम बनेका छन् । किताबका पानामा रमाउने, नयाँ कुरा जान्न उत्सुक रहने र आफूले सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने उनको बानीले उनलाई बाल्यकालदेखि नै अरूभन्दा फरक बनाउँदै आएको छ ।
पढाइसँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधिमा पनि अदितीको सक्रिय सहभागिता रहँदै आएको छ । विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरूमा उत्साहपूर्वक सहभागी हुने र उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कारसमेत हात पार्ने उनको क्षमता सानैदेखि देखिँदै आएको हो । पढाइ होस् वा अतिरिक्त क्रियाकलाप—अदिती जहाँ पुग्छिन्, त्यहाँ आफ्नो प्रतिभाको छाप छाड्न सफल भइ पुरस्कार लिएर घर फर्किन्छीन् । उनको मेहनत र लगनको सुन्दर परिणाम एसइई परीक्षामा पनि देखियो । अदितीले एसइईमा ४ जिपिए हासिल गर्दै आफ्नो शैक्षिक यात्रामा उत्कृष्ट सफलता थपिन् साथमा मदरल्याण्ड माविवाट उत्कृष्ट अंक ल्याइ दश जोड दुइ उर्तिण गरिन । यो उपलब्धि उनका लागि मात्र होइन, परिवार, विद्यालय र आफूलाई हुर्काएको समाजका लागि पनि गौरवको विषय बन्यो । अदिती पढाइमा मात्र अब्बल छैनन्, बोल्ने कलामा पनि उत्तिकै निपुण छिन् । उनको बोलीमा आत्मविश्वास छ, प्रस्तुतिमा मिठास छ र विचारमा स्पष्टता छ । उनी बोल्दा लाग्छ कहिले मधुर स्वरमा गुञ्जिने मैना चरीझैँ, कहिले गहिरो भाव बोकेको कोइलीको स्वरझैँ । उनका शब्दमा ज्ञानको सुगन्ध र सिकाइको उज्यालो भेटिन्छ । त्यसैले उनलाई नजिकबाट चिन्नेहरू अदितीलाई केवल प्रतिभाशाली विद्यार्थी होइन, ज्ञानकी खानीका रूपमा चित्रण गर्छन् । पढाइ, व्यक्तित्व विकास र सामाजिक सहभागिताको यही यात्राले अदितीलाई नेतृत्वको बाटोतर्फ पनि अघि बढाएको छ । इन्टर्याक्ट क्लब अफ पोखरा लेकसाइडको छैटौँ पदस्थापन समारोहबाट अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै उनले आफ्नो नेतृत्व यात्राको नयाँ अध्याय सुरु गरेकी छन् । हालै सम्पन्न भएको पदस्थापनावाट निवर्तमान अध्यक्षमा निर्देश वाँस्तोला उपसभापति अंशु पहारी, सचिवमा आदित्य खत्री, सहसचिवमा सताव्दी पराजुली, कोषाध्यक्षमा रानेश केसी, सम्पादकमा विदान पराजुली, चयन भएका छन् ।
त्यसैगरी सह सम्पादकमा सोआन्सु पराजुली, क्लव मेम्वरसिप चियरमा दिक्षान्त पराजुली, एभिनयु हेडमा साद्रिस पौडेल, क्लव सर्भिस निर्देशकमा इक्षा थापा, कम्युनिटी सर्भिस निर्देशकमा आर्नव नागिला, प्रोफेसनल सर्भिस निर्देशकमा अनन्नाय केसी, अन्तराष्ट्रिय सर्भिस निर्देशक द्धयमा ब्रविम सुवेदी, सिदार्थ पौडेल, पव्लिक इमेज निर्देशकमा जोसिला अधिकारी, पव्लिक इमेज अफिसरमा सदिक्षा पराजुली, मिडिया हेडमा अर्पण लम्साल, आइटी हेडमा इमोन पुन, आइटि अफिसरमा शिशिर श्रेष्ठ र सर्जेन्ट एट आम्समा रिजन पौडेल रहेका छन् ।
डिआइआर सक्षम बानियाँले कार्यक्रमको उद्घाटन गरेका थिए । इन्टरयाक्ट क्लव अफ पोखरा लेकसाइडका निवर्तमान अध्यक्ष निर्देश वाँस्तोलाले आफ्नो कार्यकालमा सम्पन्न भएको कार्यक्रमको जानकारी दिएका थिए भने अध्यक्ष पराजुलीले आफ्नो कार्यकालको भावी योजनाहरु प्रस्तुत गरिन् । त्यसैगरी अध्यक्ष अदितीको परिचय साहित्यमय लयमा रोटरी क्लव अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष शोभाकान्त सिग्देलले दिए । कार्यक्रममा डिआआर गौरव सुवेदी र एजि देवेन्द्र पराजुली लगायतले वोलेका थिए । कार्यक्रम संचालन क्लवका सचिव आदित्य खत्री र सहसचिव सत्यवती पराजुलीले संचालन गरेको कार्यक्रममा सवैलाई मन्त्रमुग्ध पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू