रोटरी क्लब अफ पोखरा लेकसाइडको अध्यक्षमा थापा

रोटरी क्लब अफ पोखरा लेकसाइडको ११ औं पदस्थापन समारोह बिहीबार सम्पन्न भएको छ ।
रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का वर्ष २०२६÷०२७ का डिजिई प्रा.डा. ईश्वरीप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा पदस्थापन समारोह भएको हो । प्रमुख अतिथि ढकालले रोटरीको गतिविधि र यसको महत्वबारे प्रकाश पारे । साथै, उनले क्लबको नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना दिए । सो अवसरमा रोटरी वर्ष २०२६÷०२७ का लागि अध्यक्ष टोपबहादुर थापा नेतृत्वको कार्यसमितिको पद तथा गोपनीयताको शपथ ग्रहण भयो । वर्ष २०२५÷०२६ का अध्यक्ष इन्जिनियर राजेन्द्र लिगलले वर्ष २०२६÷०२७ का अध्यक्ष थापालाई पद हस्तान्तरण गरेका हुन् । क्लबको नयाँ कार्यसमितिअन्तर्गत वर्ष २०२६÷०२७ मा अध्यक्ष लोकबहादुर थापा, आईपीपी इन्जिनियर राजेन्द्र लिगल, प्रेसिडेन्ट इलेक्ट विश्वदर्शन पराजुली, उपाध्यक्ष लोकबहादुर गुरुङ, सचिव आमोद कोइराला, सहसचिव आयुषा श्रेष्ठ र कोषाध्यक्ष कुलप्रसाद सुवेदी छन् ।
एडमिन चेयरमा कृष्णबहादुर थापा, सर्भिस चेयर सुभाष मल्ल, फाउण्डेसन चेयर दीपेन्द्र आचार्य, पब्लिक इमेज चेयर अर्जुनप्रसाद खनाल, मेम्बरसिप चेयर हुम आले, फेलोसिप चेयर नारायण लामिछाने, एडिटर राजन कुमाल, लर्निङ फेसिलिटेटर डा. वीरबहादुर कार्की, युथ लिडर कन्ट्याक्ट उपेन्द्र अधिकारी, मेन्टर जयराम पौडेल र सर्जेन्ट–एट–आम्स शोभाकान्त सिग्देल निर्वाचित भएका हुन् । कार्यक्रममा रोटरीका निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला, रोटरी मेम्बरसिप को–अर्डिनेटर सञ्जय गिरी, असिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर देवेन्द्र पराजुली, चार्टर्ड प्रेसिडेन्ट सुन्दर श्रेष्ठलगायतले रोटरीको महत्व र यसको सर्भिसबारे बोलेका थिए । सो अवसरमा रोटरीको भोकेशनल अवार्डबाट दुर्गाप्रसाद पाण्डे सम्मानित भए । गुल्मीको सत्यवती गाउँपालिकाका सफल व्यवसायी तथा समाजसेवी पाण्डे हाल ६ वटा होटल, तथा ३ विभिन्न टिकेटिङ र ट्राभल एजेन्सीका संचालक छन् । कुनै बखत कामको खोजीमा भारत छिरेका उनी अहिले पोखरामा सफल व्यवसायीको रुपमा चिनिन्छन् । उनले आफ्नै पहलमा बर्सेनि ४ हजार विदेशी पर्यटक भित्र्याउन सफल छन् भने १ सय ७० जनालाई रोजगारी दिलाएको प्रेसिडेन्ट इलेक्ट विश्वदर्शन पराजुलीले बताए । सो अवसरमा क्लबका चार्टर मेम्बर पत्रकार विजय नेपाल रोटरी जर्नो अवार्डबाट पुरस्कृत भएकामा बधाईसहित सम्मानपत्र प्रदान गरिएको थियो । क्लबका पूर्व अध्यक्ष जयराम पौडेलले प्रमुख अतिथिको परिचय गराए भने पूर्व अध्यक्ष अर्जुन खनालले रोटरी वर्ष २०२६÷०२७ का अध्यक्ष टोपबहादुर थापाको परिचय दिए । अध्यक्ष थापाले सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै भावी कार्ययोजना प्रस्तुत गरे । क्लबका वर्ष २०२६÷०२७ का उपाध्यक्ष एवं निवर्तमान सचिव लोकबहादुर गुरुङले क्लबले वर्षभरी गरेका कार्यक्रमबारे प्रकाश पारे । उनका अनुसार क्लबले नियमित कार्यक्रमसहित डिजी भिजिट, रक्तदान, होम स्टे, पिकनिक, विद्यालयमा सचेतना कार्यक्रमलगायत कार्यक्रम गरेको थियो । कार्यक्रममा स्वागत क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक उपेन्द्र अधिकारीले गरे ।
वर्ष २०२५÷०२६ र वर्ष २०२६÷०२७ का सचिव क्रमशः लोकबहादुर गुरुङ र आमोद कोइरालाले संयुक्तरुपमा कार्यक्रम संचालन गरे । सहसचिव आयुषा श्रेष्ठले रोटरीको परियोजनालगायतबारे बोलेकी थिइन् । धन्यवाद ज्ञापन क्लबका पूर्व अध्यक्ष तथा सर्जेन्ट–एट–आम्स पत्रकार शोभाकान्त सिग्देलले गरे । सो अवसरमा क्लबद्वारा बर्सेनि प्रकाशित हुने गरेको स्मारिका ‘द फेवा’ विमोचन गरियो । उक्त स्मारिका क्लब एडिटर राजन कुमालको सम्पादकत्वमा प्रकाशित भएको हो । जसको सदस्यमा उपेन्द्र अधिकारी, राजेन्द्र लिगल, टोपबहादुर थापा, विश्वदर्शन पराजुली, लोकबहादुर गुरुङ र आमोद कोइराला थिए । सो अवसरमा रोटरी डिस्ट्रिक्टका पदाधिकारी, विभिन्न क्लबहरूका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । निवर्तमान अध्यक्ष इन्जिनियर लिगलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नेहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।













