स्याङ्जा गल्याङ पोखरा सम्पर्क समाजको स्थापना दिवसमा विविध कार्यक्रम

स्याङ्जा गल्याङ पोखरा सम्पर्क समाज कास्कीको पाँचौं स्थापना दिवसको अवसरमा आयोजित वात्स्यायन विद्याश्रम आश्रित वृद्धावृद्धहरूको लागि खाद्यन्न तथा फलफुल वितरण कार्यक्रम र वृक्षरोपण कार्यक्रम गरेको छ ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव हरिप्रसाद खनालले गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमको स्वागत मन्तव्य संस्थाका संस्थापक अध्यक्ष बुद्धिप्रसाद भण्डारीले गर्नुभएको थियो । सो अवसरमा दोस्रो वर्ष रामदी धाम गएका थियौँ तेस्रो वर्ष फेदीखोला गाउँपालिका र अहिले यही पोखरा वडा नम्बर १४ आएका छौं र आगामी वर्षमा पनि यस्तो कार्यक्रम गरिराख्न हाम्रो भव्य सभ्य र सामाजिक सेवामा हामी निरन्तर लागिरहने बताउनुभयो संस्थाका संस्थापक अध्यक्ष बुद्धि भण्डारीले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष ईश्वर प्रसाद भट्टराई, संस्थापक सल्लाहकार विश्वास भण्डारी, नवनियुक्त सल्लाहकार विष्णुप्रसाद बस्याल, उपाध्यक्ष कमला खनाल, सचिव हरिप्रसाद खनाल, सहसचिव कविन्द्र खनाल, कोषाध्यक्ष दलबहादुर थापा साथै सदस्यहरूमा विष्णुप्रसाद पौडेल राधा न्यौपाने दीपक पाण्डे विष्णुप्रसाद बस्याल, नारायण प्रसाद खनाल, पल्लवी न्यौपाने, कृष्णप्रसाद खनाल, गुप्त बहादुर राणा लगायतको उपस्थित रहेको थियो । आगामी वर्ष पनि भव्य र सभ्य कार्यक्रम गर्ने, सामाजिक सेवा गर्ने रक्तदान तीज कार्यक्रम दशैं तिहार शुभकामना आदानप्रदान वनभोज लगायतका कार्यक्रमहरू आगामी वर्षको निरन्तरता दिने संस्थाका अध्यक्ष ईश्वर प्रसाद भट्टराईले जनाउनुभएको थियो । जिन्सी सामान फलफुल खाद्यान्नको वितरण अध्यक्षले गर्नुभएको थियो । साथै पोखरा नगर विकास समितिका सदस्य लोकदर्शन कोइरालाको उपस्थिति पनि रहेको थियो । सो अवसरमा लोकदर्शन कोइरालाले सम्पूर्ण कार्यसमितिलाई पुष्करणी परोपकार गोकुल धामको अवलोकन गराउनु भएको थियो । सो अवसरमा गुरु कमल नयन गौतमले गोकुल धामको बारेमा जानकारी गराउनुभएको थियो । गोकुल धामको लागि स्याङ्जा गल्याङ पोखरा सम्पर्क समाज कास्कीले केही सहयोग गरेको थियो ।














