आज : २०२६-०६-१८, बिहीबार

ब्राह्मण समाज नेपाल, पोखरा महानगर समितिको चौथो अधिवेशन सम्पन्न

ब्राह्मण समाज नेपाल, पोखरा महानगर समितिको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सोमनाथ उपाध्याय अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कमला भण्डारी, सचिवमा वसन्तराज कोइराला, कोषाध्यक्षमा मनहरी बराल र सहसचिवमा सोनु सुवेदी निर्वाचित हुनुभएको छ । वरिष्ठ अधिवक्ता रोहितराज बास्तोला संयोजक तथा मातृकाराज घिमिरे र माया वास्तोला सदस्य रहेको तिन सदस्यीय निर्वाचन समितिले निर्वाचन गराएको थियो । कार्यक्रम पोखरा महानगर समिति अध्यक्ष चिञ्जीवी बरालको अध्यक्षतामा भएको र प्रमुख अतिथि तथा ब्राह्मण समाज नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष महेश पराजुलीले पानसमा दीप प्रज्ज्वलन गरी अधिवेशनको उद्घाटन गर्नुभएको थियो । वहाँले जातीय सद्भाव, स्वजातीय स्वाभिमान र ब्राह्मण जातिको हकहितको सरक्षण गर्न २०६७ सालमा ब्राह्मण समाज नेपालको स्थापना भएको बताउनुभयो ।
पोखरा–८ ज्ञानकुन्ज मार्गमा आफ्नै स्वामित्वको तीनतले भवन निर्माण गरी समाजको केन्द्रीय कार्यालय भवन पाउन् हामी सबैका लागि खुसीको कुरा भएको बताउनुभयो । उनका अनुसार समाजले बर्षेनि क्यालेण्डर प्रकाशन गर्नुका माथै वेबसाइट निर्माण गरिसकेको छ । हाल ६५ जिल्लाभन्दा बढीमा संगठन विस्तार गरिसकेको जनाउँदै प्रमुख अतिथि पराजुलीले एक ब्राहमण घर, एक आजीवन सदस्यको नारा अगाडि बढाउन नगर समितिलाई निर्देशन समेत दिनुभएको थियो ।
सो अवसरमा समाजका केन्द्रीय उपाध्यक्ष भेषराज लम्साल, केन्द्रीय सचिव पृथ्वी पौडेल, केन्द्रीय सदस्य मीरा आचार्य, कास्की जिल्ला अध्यक्ष रामप्रसाद बस्ताकोटी एवं विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खराल लगायतले ब्राहमण समाज नेपाल स्थापना गर्नुका कारण तथा समाजका गतिविधिबारे प्रकाश पार्नु भएको थियो ।
महानगर समिति सचिव वसन्तराज कोइरालाले प्रस्तुत गरेको सचिवको प्रतिवेदन नगर परिषद्ले अनुमोदन गरी पारित गरेको थियो । यसैवीच, नवनिर्वाचित अध्यक्ष सोमनाथ अधिकारीले महानगर समितिलाई सक्रिय बनाई जिल्ला, केन्द्रको निर्देशन एवम् विधानको मर्म वमोजिम समाजलाई थप संगठित गरी समाजका गतिविधि अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
निर्वतमान अध्यक्ष बरालले सहभागी गरे अतिथि तथा नगर परिषद सदस्यहरुप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू