Pokharapatra National Daily

तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप

कोभिड–१९ विरुद्धको खोप बुधबारदेखि तनहुँमा शुरु गरिएको छ ।
जिल्लाभरिका एक हजार ६७९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका रहेका छन् । जसअनुसार व्यास नगरपालिकामा–५५८, शुक्लागण्डकी नगरपालिकामा–२६७, भीमाद नगरपालिकामा–१७७ र भानु नगरपालिकामा–१७१ जना स्वास्थ्यकर्मी रहेका छन् ।
त्यसैगरी बन्दीपुर गाउँपालिकामा–१५, ऋषिङगाउँपालिकामा–९८, देवघाट गाउँपालिकामा–८७, म्याग्दे गाउँपालिकामा–८२, आँबुखैरेनी गाउँपालिकामा–७३ र घिरिङगाउँपालिकामा–६१ गरी कूल एक हजार ६७९ जना स्वास्थ्यकर्मीलाई उक्त खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । बुधबारदेखि शुरु भएको यो अभियान माघ १९ गतेसम्म सञ्चालन गरिनेछ । उनले भने, “सबै तहका स्वास्थ्यकर्मीहरू दमौली अस्पतालमा नै आएर खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ ।”

प्रतिकृया दिनुहोस्