Pokharapatra National Daily

पोखरालाई पर्यटकीय राजधानी घोषणा

करिब ७ बर्ष अघिको प्रयासमा अन्ततः पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरिएको छ । तीनै तहका सरकार पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारको विशेष पहलबाट आइतबार तामझामका साथ पोखरालाई नेपालकै पर्यटनको राजधानि घोषणा गरिएको छ ।
प्रदेश सरकार स्थापना भए देखि नै पोखरालाई पर्यटनको राजधानि घोषणा गर्न बिषेश पहल गरे पनि संघीय सरकारको बिषेश चासो नदिएका कारण उक्त घोषणा हुन ढिला भएको थियो । कोभिडबाट प्रभावित भएको अबस्थामा आइतबार निकै तामझामका साथ पोखरालाई पर्यटनको राजधानि घोषणाले यहाँका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीहरु निकै उत्साहित हुनु भएको छ । तीनै तहका सरकारले पोखराको पर्यटन पूर्वाधार निर्माणमा जोड दिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पर्यटनको राजधानिको रुपमा पोखरालाई घोषणा गर्दै पोखरा क्षेत्रको पर्यटन पूर्वाधार निमाणमा बिषेश जोड दिने बताउनु भयो । आउदो बर्षका बजेटमा पोखरा क्षेत्रको प्रबद्र्धन गर्न अब उच्च प्रथामिकता दिदै बजेट व्यबस्थापन गर्ने उहाँको भनाई थियो । प्राकृतिक, सांस्कृतिक र साहसिक वैभवताको सङ्गमका रूपमा आफनो विशिष्ट पहिचान दिन सफल मुलुककै प्रमुख पर्यटकीय नगरी पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा मलाई गर्व र खुसीको अनुभूति भएको उहाँले बताउनु भयो ।
पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले प्राथमिकता पूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने उनले विश्वास दिलाए । पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिने प्रधानमन्त्री प्रचण्डले बताउनु भयो । साथै पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिने उल्लेख गर्दै उनले पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट लगानी आकर्षित गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने वचन दिनु भयो । गण्डकी प्रदेशको विकासमा दुरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिएको उहाँले जनाउनु भयो ।
यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटनको राजधानि घोषणाले पोखरामा बाह्य तथा आन्तरिक लगानीमैत्री वातावरण बन्ने विश्वास व्यक्त गर्नु भयो । आजैदेखि लागु हुनेगरि निश्चित मापदण्ड बनाएर पोखराको लेकसाईड ईलाका, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगाका वार, रेष्टुरेन्ट स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजे सम्म खुल्नेछ भने डिस्को, दोहोरी, लाउन्ज, लाईभ म्यूजिक जस्ता व्यवशाय रातभर खुल्ला रहने मुख्यमन्त्री पाण्डेले बताउनु भयो । राउण्ड फेवा भ्यू फेवा ट्रेकिङ रुट प्रबद्र्धन, बेगनास तालमा क्रुज शिप संचालन गरिने, पोखरामा आधुनिक टर्मिनलसहित बसपार्क निर्माण गरिनेछ, पोखरामा योग ध्यान केन्द्र निर्माण गरिने, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा यी सबै काम अघि बढाउने गरि नीति कार्यक्रम, योजना र बजेटमा व्यवस्था गरिने भएको उनले जनाउनु भयो । यो प्रयत्नलाई संघीय सरकारले अपनत्व लिएर पर्यटनको विकासमा सहकार्य र साझेदारीको कार्यलाई थप प्रभावकारी बनाउने आवश्यक पहलकदमी लिनेछ भन्ने आफुहरुले अपेक्षा गरेको पाण्डेले बताउनु भयो ।
पोखराको समुन्नतिको लागि तीनै तहका सरकार, निजी क्षेत्र र अन्य विकास साझेदारहरूसंग सहकार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले नेपाल र गण्डकी प्रदेशको पहिचान अन्तराष्ट्रियस्तरसम्म पुग्ने दाबी गर्नु भयो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, छिमेकी पालिकाहरु, पर्यटन सम्बद विभिन्न संघ संस्था, उद्योग बाणिज्य संघ संस्था, संयुक्त पहल कदमीमा सबैको निर्णयको आधारमा आफुहरुले पोखरालाई नेपालकै पर्यटकटनको राजधानिको रुपमा घोषणा गरिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो । यसको प्रचार प्रसार र यहाँको पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्न तथा पोखरालाई अझ ब्राण्डिङ गर्न पनि पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा हुन आवश्यक देखेर आफुहरुले राजधानि घोषणा सहित यहाँको अल्पकालिन, मध्यकालिन र दृर्घकालिन योजनाका साथ तीन तहका सरकारले उचित कार्ययोजना अघि बढाउने उहाँले जनाउनु भयो । यसको प्रचार प्रसार र यहाँको पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्न तथा पोखरालाई अझ ब्राण्डिङ गर्न पनि पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा हुन आवश्यक देखेर आफुहरुले राजधानि घोषणा सहित यहाँको अल्पकालिन, मध्यकालिन र दृर्घकालिन योजनाका साथ तीन तहका सरकारले उचित कार्ययोजना अघि बढाउने मेयर आचार्यले बताउनु भयो । बसुन्धरापार्कबाट विहान सुरु भएको बृहत झाँकी सहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । उक्त अवसरमा तीन जना व्यक्तिलाई सम्मान गरिएको थियो । प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. मुकुन्द शरण उपाध्यायलाई सम्मान गरिने भएको छ । त्यसै गरी भूगोलविद् स्व.डा.हर्क गुरुङ र सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व.प्रेम प्रकाशमल्ललाई मरणोपरान्त सम्मान गरिएको हो । उक्त कार्यक्रमलाई विषेश उत्सवका रुपमा समेत मनाउन विविध सांस्कृतिक कार्यक्रम भएको थियो । कन्दरा ब्यान्ड मुख्यगायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायकप्रमोद खरेल, गायकप्रकाश सपुत, पोखरेलीगायक धर्मेन्द्र सेवान लगायतको बिषेश प्रस्तुतीः रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सहकारीको नियमन गर

अन्तर्राष्ट्रिय जगतमा १७९ वर्षअघि सुरु भएको आधुनिक सहकारी अभियान नेपालमा यस वर्षबाट ६६औं वर्षमा प्रवेश गरेको छ । छोटो इतिहास बोकेको भएपनि नेपालको सहकारी अभियानले...