Pokharapatra National Daily

सुविधासम्पन्न प्रशासनिक भवन बन्दै

माछापुच्छ«े गाउँपालिकाले आधुनिक र सुविधासम्पन्न प्रशासनिक भवन निर्माण शुरु गरेको छ ।
गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनी क्षेत्रफलको जमिनमा रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम तीव्रताका साथ भइरहेको छ । साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा अहिलेको भवन साँघुरो हुँदा सेवाप्रवाहमा समस्या छ ।
विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिनीयरिङ जेभीसँग गत भदौ १५ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख बजेट विनियोजन गरिएको छ । बाँकी रकम गाउँपालिकाले लगानी गर्नेछ । विद्युतीय भर्याङ (लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल बन्ने गाउँपालिकाका सबइञ्जिीनियर राजेन्द्र गौतमले जानकारी दिए । भवनको तल्लो तलामा हाल टाइपिङ र पिलर उठाउने काम सकिएको छ । यसैगरी प्रशासकीय भवनको चारैतिर पर्खाल लगाउने काम पनि भइरहेको उनले जानकारी दिए । गाउँपालिका उपप्रमुख दवाडीले साँघुरो भवनबाट सेवा दिँदा अप्ठ्यारो भएकामा सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहज हुने बताए । उनले भने, “हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन राम्रोसँग कुर्सी टेवलसमेत राख्न सकिने अवस्था छैन । निर्धारित समयभित्रमा नै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौँ ।” नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिकसहित कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्