Pokharapatra National Daily

नेपाल अर्वुद रोग निवारण कास्कीको सुर्तिजन्य पदार्थ विरुद्ध हस्ताक्षर

विश्व क्यान्सर दिवस फेब्रअरी ४ को अवसर पारेर नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाले सुर्तिजन्य पदार्थ विरुद्धको हस्ताक्षर संकलन कार्यक्रम मंगलवार सम्पन्न गरेको छ ।
विश्व स्वास्थ्य संगठनले तय गरेको यस बर्षको नारा म हुँ र म गर्छुलाई सार्थक बनाउन हस्ताक्षर कार्यक्रम संचालन गरिएको हो । विश्व क्यान्सर दिवसको अवसरमा देश व्यापी रुपमा क्यान्सर सचेतना कार्यक्रम भैरहेकै सन्दर्भमा कास्की शाखाले आगमी माघ १६, १७ र १८ गते कास्की जिल्लाको तप्राङ, खिलाङ र सिक्लेसमा समुदाय स्तरीय पाठेघरको मुखको क्यान्सर सचेतना कार्यक्रम समेत गर्ने कार्यक्रम रहेको संस्थाका सचिव डिल्ली प्रसाद शर्माले बताए ।
संस्थाका सभापति प्रेम बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न सुर्तिजन्य पदार्थ विरुद्धको हस्ताक्षर संकलन कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले गरेका थिए । संस्थाका सचिव डिल्ली प्रसाद शर्माले संचालन गरेको कार्यक्रममा नाटा गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष हरिराम अधिकारी, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लिका अध्यक्ष योगेन्द्र बहादुर के.सी., संस्थाका पूर्व सभापति माधव प्रसाद सिग्देल लगायत वोलेको कार्यक्रममा संस्थाका उपसभापति नारायण प्रसाद पराजुलीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्