Pokharapatra National Daily

पोखराको मौलिक चिनारी सडक महोत्सव

पोखराको लेकसाइडको सडक महोत्सव छुट्टै पहिचान बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन पाउने अवसर मिलाउन थालेको २५ वर्ष भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीलाई पोखरा जाने र विदेशी पर्यटकहरुलाई समेत नयाँबर्षको रमाइलो मनाउन पाउँने मेला हो, पोखरा सडक महोत्सव । नेपालीहरुलाई पनि परिवार सहित घुमघाम गर्ने अवसर बनेको छ सडक महोत्सव । सडकमै रेष्टुराँको परिकारका साथै पर्यटकीय गतिविधि जानकारी गराउन सडक महोत्सव मनाउन थालिएको २५ औं वर्ष लागेको छ । रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले बिहीबार सञ्चालन गरेको २५ औं संस्करणको सडक महोत्सव आइतबारसम्म चल्ने छ ।
अहिले पर्यटक आगमन बृद्धी भएको र अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय खुलेपछि हरेक व्यक्तिहरुलाई नयाँ ठाउँ घुम्ने रमाइलो गर्ने इच्छा हुन्छ । सडक महोत्सवको रमाईलो गर्न पाइने आशामा मध्यमस्तरका नेपालीहरु पनि पोखरामा आउने गरेका छन् । महोत्सवको बेला पोखराका पर्यटकीय स्तरका होटलहरु आन्तरिक पर्यटकले पनि भरिभराउ हुने गरेको छ । पर्यटन व्यवसायीहरुको सक्रियतामा मनाउन थालिएको सडक महोत्सवलाई पोखराका विभिन्न जातजातिले सघाउदै आएका छन् । आफ्ना मौलिक भेषभूषा र परम्परा झल्कने झाकी प्रर्दशन गरेर विविधतामा एकता प्रर्दशन गर्ने अवसर बनेको छ । त्यसमा सवैले सहकार्य गर्ने वातावरण वन्दै जानु महोत्सवको सफलता हो । सडक महोत्सव पोखराको ब्राण्ड बन्न सकेको छ ।
चाडपर्वका अवसरमा रमाइलो गरी मनाउने नेपालीहरुको परम्परा बन्दै आएको छ । हरेक चाडपर्वलाई मेला÷उत्सवको रुपमा मनाउने पोख्रेलीहरुले नमूना पेश गरेका छन् । मेलालाई नयाँ रुपमा मनाउने र पर्यटनसंग जोड्ने पोख्रेलीहरुको मौलिकता हो । मेलालाई महोत्सवको रुप दिएर त्यसमा विविधता दिनु परिस्कृत रुप हो । सबैलाई सामेल गराएर रमाइलो दिन सकेमा त्यसले निरन्तरता पाउँछ । मेला, महोत्सव सफल पार्न प्रायोजकले गर्ने सहयोग र दर्शकहरुको ओइरो लागेर पोखराकै चिनारी गराउन सकेको छ । मेला महोत्सव पर्यटन प्रबद्र्धन गर्न, मौलिक संस्कृतिको जगेर्ना र नयाँ संभावनाको खोजी गर्न सघाउ पु¥याउँछ । सडक महोत्सवको मुख्य आकर्षण साँझ र रातिको समयमा हुने भएको हुँदा सुरक्षा र यातायातको राम्रो प्रबन्ध हुनु पर्दछ ।
देश संघीय संरचनामा गएकोे हुँदा तीनै तहका सरकार मिलेर मात्र आफ्नो क्षेत्रको विकास हुन सक्छ । स्थानीय र प्रदेश सरकारले प्रदेश राजधानी पोखराको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्दछ । सरकार र निजी क्षेत्र मिलेर मात्र पोखराको पर्यटन विकास हुन सक्छ । पोखरा पर्यटकीय राजधानी घोषण गर्न केन्द्र सरकारलाई दबाब दिन गण्डकी प्रदेश सरकारले समिति बनाएको छ । सरकारले पर्यटन क्षेत्रका व्यवसायीहरुलाई उभिनसक्ने वातावरण बनाउनु पहिलो कर्तव्य हो । सरकार र निजी क्षेत्रले कस्ता गतिविधि सञ्चालन गर्दा पर्यटकलाई आकर्षित गर्न सकिन्छ भनेर संघीय सरकारसंग योजना पेश गर्नुपर्दछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने व्यवस्था मिलाउनु पर्छ । पोखरा आउन सडकको दुरावस्था हटाउन समयमै काम सक्न निर्माण कम्पनीलाई दबाब दिनु जरुरी छ ।
पर्यटकको बसाई अवधि लम्ब्याउने र जीवनमा एक पटक पोखरा पुग्नैपर्ने रहेछ भन्ने सन्देश प्रबाह गर्ने काम पनि पोख्रेलीको हो । कस्तुरीलाई आफ्नै विना थाहा नपाएर भौतारिए झै स्थानीय र प्रदेशको अधिकार र महत्वलाई नबुझि केन्द्रीकृत शासन प्रणाली कै शैलीमा गतिविधि हुन थालेमा त्यसले केहि व्यक्तिलाई फाइदा पु¥याए पनि पोखरा र पोखरेलीले त्यसको फाइदा लिन सक्नेछैनन् । अग्रेजी नयाँ वर्षको अवसरमा भएको महोत्सवले पर्यटन क्षेत्रमा नयाँपन दिन प्रेरित गरोस शुभकामना ।

प्रतिकृया दिनुहोस्

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...

राम नवमीको महत्व

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

आशा जगाउने वर्ष बनोस् ।

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८१ सुरु भएको छ...

गण्डकीमा बहुमतकै सरकार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी दोश्रो पटक नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मिलिजुली सरकारको मुख्यमन्त्री नियुक्त...