Pokharapatra National Daily

पर्यटक भित्र्याउन कथालाई बेच्न सक्नुपर्छः मन्त्री लम्साल

पर्वतको कुश्मानगरपालिका वडा नं. १ पाङमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफामा पूर्वाधार निर्माणको काम थालिएको छ ।
उक्त गुफामा पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले २५ लाख रकम यो वर्ष विनियोजन गरेको छ । पर्वतीगुफामा पैदलमार्ग, तारबार, पर्खाल, मन्दिर लगाएतकाभौतिक संरचनानिर्माण गर्न लागिएको हो । पार्वती गुफाको पूर्वाधार निर्माणको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको विकासवाट मुलुकको समृद्धि सम्भव भएको बताए । उनले मुलुकमा बढिभन्दा बढि बाह्य पर्यटक भित्र्याउने गरी संघ र प्रदेश सरकारले तयारी गरेपनि कोभिड–१९ का कारण प्रभावित भएको बताए । उनले अब कोभीड–१९ को संक्रमण कमहुँदै गएको र खोप पनि आइसकेकाले विस्तारै पर्यटनले फड्को मार्दै जाने बताए ।
मन्त्रीलम्सालले पर्यटन भित्र्याउनका लागि धार्मिक एवम् पर्यटकीय स्थलको ऐतिहासिक विशेषता जोडिएको कथालाई बेच्न सक्नुपर्नेमाजोड दिए । उनले पाङ्ग, खुर्कोट संस्कृति एवम् धार्मिक पर्यटनका लागि महत्वपुर्ण स्थल भएको बताउँदै त्यसका लागि सवैले मिलेरे नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताए । पार्वतीले भगवान शिवलाई पति पाउँ भनि ब्रत बसेको स्थल र भगवान शिव र पार्वतीको क्रिडास्थलको रुपमा समेत परिचित उक्त ठाउँका पर्याप्त भौतिक पूर्वाधारको विकास र प्रचार प्रसारका लागिप्रदेश सरकारले सँधै सहयोग गर्ने उनको भनाई रहेको छ ।
उनले प्रदेश सरकार उक्त क्षेत्रको विकासका लागि सवै सहयोग गर्न तयार रहेको बताउँदै नयाँ योजनालिएर आएमाआफुले सवै सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विपौडेलले पार्वती गुफा जस्ता ऐतिहासिक र धार्मिक स्थलहरुको पर्याप्त प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको ओईरो लाग्ने विचार व्यक्त गरे ।
कार्यक्रममा कुश्मानगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले पाङ–खुर्कोट क्षेत्र र यहाँका धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकासका लागि कुश्मा नगरपालिका सँधै सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस्