Pokharapatra National Daily

नयाँसडक सुधार समितिद्धारा प्रहरी विट हस्तान्तरण

पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी विट र वैदाम प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङले रिवन काटेर उद्घाटन गरेका थिए । भने समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले चावी सहित प्रहरी वित हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रनाउ सुवास हमालले घामपानीको वेलामा प्रहरीलाई डियूटिमा खटेर सुरक्षा दिन अत्यन्तै समस्या परेको अवस्थामा नयाँसडक सुधार समितिको पहलमा सह्रानिय कार्य भएको वताउँदै सामाजिक संघसंस्था र प्रहरी मिलेर नै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
त्यसै गरी पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले प्रहरी विट राख्नको लागि भन्दा पनि नराख्नको लागि दवाव आएको अवस्थामा पनि मानवतासंग जोडिएको विषय भएकोले हामीले प्रहरी विट राख्ने निर्णय गरिएको वताए । न्युरोड (नयाँसडक) मा वढ्दै गएको व्यवसायीकरण वेला वखत असुरक्षाका घटनाले न्युरोडको शान्ति सुरक्षा नै खलबल भएको र यसलाई न्युनिकरणको लागि न्युरोड सुधार समिति र प्रहरी प्रशासनको सहकार्य तथा जनसमुदायको सहभागितामा उक्त विटहरु करिब ३ लाख रुपैयामा सम्पन्न भएको समितिका सहसचिव ओम उपाध्यायले वताए । उनले विट निर्माण पश्चात २४ सै घण्टा प्रहरी तैनाथ रहने भएकाले सुरक्षा कायम रहनेमा विश्वस्त भएको वताए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयद्धारा उक्त विट निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने वडा नं. ९ का वडा सचिव तथा सुचना अधिकारी लोकदर्शन कोइराला, विट निर्माण समितिका संयोजक निरज गुरुङ र नयाँसडक सुधार समितिका अध्यक्ष दिपेन्द्र मर्सानीलाई सम्मान पत्र द्धारा सम्मान गरीएको थियो ।
सो अवसरमा प्रनाउ चिनिमाया तामाङ, समितिका अध्यक्ष दिपेन्द्र मर्सानी, निर्माण समिति संयोजक निरज गुरुङ लगाएतले वोलेका थिए । कार्यक्रमको संचालन नयाँसडक सुधार समितिका सचिव कृष्ण मर्सानी र प्रनानी होतबहादुर रोकाहाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्