Pokharapatra National Daily

नेतृत्व विकाससंगै महिला आयआर्जनसंग जोडिनु पर्दछ—उससभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm जोडिनु पर्ने बताएकी छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तरकृया कार्यक्रममा बोल्दै उनले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याइन । महिलाको सहभागिता विना “समृद्ध नेपाल सुखी नेपाली” अभियान पुरा नहुने बताउँदै उनले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गरिन । संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितताले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरु नेतृत्व लिन तयार भएको उनको भनाई छ ।
गण्डकी प्रदेश सभाका सदस्य डा. पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सिप प्रस्तुत गर्न सके मात्र महिला सशक्तिकरणमा जोड पुग्ने विश्वास व्यक्त गरिन । समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औल्याइन ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जाल बीचको समन्वय आवश्यक रहने बताए । उपाध्यक्षसंग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लच्छित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवम् सञ्जालका पदाधिकारीहरु सचेत हुनुपर्ने आवश्यकता औल्याए ।
कार्यपालिका सदस्य हिरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गिता थापा, विभिन्न वडाका वडाअध्यक्षहरुले कार्यक्रमको महत्व र आवश्यकता माथि प्रकाश पारेका थिए । सो कार्यक्रमा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्वन्धित शाखाका कर्मचारी सहित ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्