Pokharapatra National Daily

कन्या क्याम्पसका छात्राहरुलाई अनुसन्धान सम्बन्धी कार्यशाला

कन्या क्याम्पस पोखराको एम बि एस तेश्रो र चौथो सेमेष्टरका छात्राहरुका लागि २ दिने अनुसन्धानमूलक प्रस्तावना तथा शोधपत्र लेखन कार्यशाला सम्पन्न भएको छ ।
क्याम्पसको व्यवस्थापन संकायका विभागिय प्रमुख कल्याण कर्माचार्यले छात्राहरुलाई अनुसन्धानका कार्यमा संलग्न गराउन उक्त कार्यशालाको आयोजना गरिएको बताए । क्याम्पस सञ्चालक समिति अध्यक्ष योगेन्द्र प्रधानले सहभागी सम्पूर्ण छात्राहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै अनुसन्धानका कार्यमा लाग्न अनुरोध गरे । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसको अनुसन्धान व्यवस्थापन समिति मार्फत छात्राहरुलाई अनुसन्धान गर्न आवश्यक सहयोग गर्ने जानकारी गराउदै क्याम्पसले प्रकाशन गर्ने अनुसन्धानमूलक प्रकाशनमा यस कार्यशालाले आवश्यक सहयोग गर्ने बताए । उक्त दुइ दिने कार्यशालालाई सहप्राध्यापक डा. हरि पाठकले सहजिकरण गर्नुभएको थियो । क्याम्पसका स्नातकोत्तर चौथो बर्षका छात्रा अम्बिकादेवी शाही, तृष्णा जोशी, तेश्रो सेमेष्टरका छात्राहरु बिशा गुरुङ्ग, सरला थापाले कार्यशाला निकै प्रभावकारी रहेको बताए । २२ जना छात्राहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्राध्यापक संघ सभापति क्षेत्रबहादुर क्षेत्री, सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ, अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. भूमिराज बस्ताकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसै बिच कन्याक्याम्पस पोखराका पूर्व सहायक प्राध्यापक सजना गोदार मार्फत डेन्क प्रोजेक्ट जर्मनीबाट करीब २ लाख बराबरको ४ थान प्रोजेक्टर कन्या क्याम्पसलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्