Pokharapatra National Daily

हरिसिद्धि आधारभूत विद्यालयमा लाल —श्री अक्षयकोष स्थापना

पोखरा १६ स्थित हरिपाँउमा रहेको हरिसिद्धि आधारभूत बिद्यालयमा लाल श्री अक्षयकोष स्थापना गरिएको छ । बिद्यालयको ४३ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको सन्र्दभमा शनिबार ६० हजारको उक्त अक्षयकोष स्थापना गरिएको बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष बासुदेव तिमिल्सिनाले बताए ।
पोखरा १६ स्थित गर्लाङका केशर बहादुर गुरुङ, प्रदीप गुरुङ, क्या.तीर्थ गुरुङ, पद्म गुरुङ, मुक्ति गुरुङले बाबु लाल बहादुर गुरुङ र आमा पूर्णश्री गुरुङको स्मृतिमा उक्त अक्षयकोष स्थापना गरेका हुन्। अक्षयकोष स्थापना गराउने लाल बहादुर गुरुङका छोराहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पोखरा १६ का वडा अध्यक्ष जिवनप्रसाद आचार्यले बिद्यालयको शैक्षिक स्तर उकास्न निजी क्षेत्रको समेत सहयोग आवश्यक भएको बताए ।
बिद्यालयका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका प्र.अ.खडानन्द आचार्य, शिक्षक शिव आचार्य लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए । बिद्यालयमा हाल ४० जना बिद्यार्थीहरु रहेका छन भने ३ जना सरकारी दरवन्दीका शिक्षक, एक जना ई.सि.डि.बाट शिक्षक दुई जना बिद्यालयको निजी श्रोतबाट शिक्षक राखिएको बिद्यालयका अध्यक्ष तिमिल्सिनाले बताए । विभिन्न दाताको सहयोग र अक्षयकोषबाट निजी श्रोतका कर्मचारीलाई तलव खुवाउनु परेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्