Pokharapatra National Daily

पोखराबाट दैनिक जसो २१ हजार किलो प्याजको कारोवार

पोखरामा प्याजको मुख्यमा भारी बृद्धि भएको छ । केही दिन अघिसम्म पोखरामा प्रति केजी ६० देखि ६५ सम्म खुद्रा मुल्यमा उपलब्ध भएको प्याज हिजोआजबाट ८५ देखि ९० रुपैयासम्म पर्न थालेको छ ।
पोखरामा थोक बिक्रेताले हाल प्रतिकेजी प्याजको मुल्य ७० देखि ८० रुपैयासम्म लिने गरेका छन भने यसको खुद्रा मुल्यमा ८५ देखि ९० रुपैयासम्म आम उपभोक्ताहरुले खरिद गर्ने गरेका छन्। केही दिन अघि पोखरामा प्रति केजी ५० देखि ५५ रुपैयामा थोक बिक्रेतालाई प्याज बिक्री गरे पनि हाल उक्त प्याजको मुल्यमा करिब ३० प्रतिशतले बृद्धि भई ७५ देखि ८० रुपैयासम्म पर्ने गरेको पोखराका एक व्यवसायी प्रदि कुमार अग्रहरीले बताउनु भयो । दिनेश ट्रेडर्स प्रा.लि.का संचालक समेत रहनु भएका अग्रहरीले प्रति केजी ३८ रुपैयाको प्याज ४०, ४५, ५५ देखि ६० हुदै हाल यसको मुल्यमा भारी बृद्धि भएको यसको मुल्य अझै बढ्न सक्ने बताउनु भयो ।
गण्डकी प्रदेशको राजधानि पोखरामा भित्रिने अधिकांश प्याज भारतबाट आयात हुने भएको उहाँको दाबी छ । भारतबाट करिब ९९ प्रतिशत जसो प्याज पोखरामा भित्रिने गरेको अग्रहरीको भनाई छ । उहाँका अनुसार पोखरा क्षेत्रबाट दैनिक जसो २१ हजार किलो प्याज दैनिक रुपमा खपत हुने गरेको छ । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड देखि पोखरा क्षेत्रका होटल रेष्टुरेण्ट, प्रदेशका विभिन्न जिल्लासम्म पोखराबाट प्याज जाने हुँदा दैनिक पोखराबाट उक्त मात्राको प्याजको कारोवार हुने अग्रहरीको दाबी हो । कृषि उपज बजार व्याबस्थापन समिति पोखराका एक कर्मचारी रुपा दहालले पोखरामा हाल प्याजको थोक मुल्य प्रति केजी ७० देखि ८० मा बिक्रि भएको बताउनु भयो । उहाँका अनुसार पोखरामा मुख्यगरी भारत र केही मात्रमा चाइनाबाट समेत प्याज आउने गर्दछ । भारतमै प्याजको मुल्य बृद्धि भएकोले भारतको प्याज पोखरा आउने भएकोले यसको मुल्य बृद्धि भएको उहाँको भनाई छ । विभिन्न दैनिक उपभोग्य बस्तुको मुल्यमा केही मुल्य बृद्धि हुँदा खुद्रा पसलबाट आम उपभोक्ताहरु धेरै ठगिने गरेको जनगुनासो समेत आउन थालेको छ । नेपालीहरुका मुख्य चार्ड पर्वको मुखमा बजारमा नियमित नियमन र अनुगमन नहुदाँ आम जनताहरु चर्को मुल्यको मारमा पर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्