Pokharapatra National Daily

मुस्ताङको कागवेनीमा सफाई अभियान सुरु

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका ४ मा पर्ने कागबेनी बस्तीका प्रभावित घर परिवारलाई राहत सामाग्रि दिन सुरु भएको छ । बाढीबाट प्रभावित घर परिवारलाई नेपाल रेडक्रस सोसाइटीबाट अत्यावसेक केही बस्तुहरु उपलब्ध गराइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए ।
गण्डकी प्रदेश सरकारले पठाएको डिजेल समेत बैकल्पिक सडक मार्ग हुुदै मंगलबार कागवेनीमा पुगेको उनले जनाए । प्रदेश सरकारले उपलब्ध गराएको ३ हजार लिटर डिजेलले ५ दीनसम्म विभिन्न मेसिनहरु प्रयोग गर्न मिल्ने उनको भनाई छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको राहत सामाग्रि सहित गृह मन्त्रालयबाट प्रदान गरिने राहत सामाग्री समेत बुधबार कागवेनी आउने भएको प्रजिअ केसीले उल्लेख गरे । म्याग्दीको वैतरीबाट सानो सवारी साधनहरु ट्याक्टरसम्म चल्न सक्ने भएकोले ट्याक्टर मार्फत उक्त डिजेल कागवेनी पुगेको हो ।
आंशिक क्षेती भएका घर तथा भवनबाट लेदो सहितको फोहोर हटाउने कार्य समेत सुरु भएको छ । कागवेनी बस्तीको केही घरमा लेदो सहितको बाढीले आंिशक क्षेती पुगेकोले त्यसको सफाई अभियान मंगलबारदेखि सुरु गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । मंगलबार दुई वटा जेसिभिको सहायताले कागवेनी खोलालाई केही भाग गहिरो बनाउदै खोलाको ट्याक बनाउने काम समेत भएको उनले बताए । स्थानिय, सुरक्षार्थ तीन वटै अंग नेपाल पुलिस, नेपाली सेना र शसस्त्र प्रहरी वलको टिम सहित उक्त सफाई अभियामना जुटेको प्रजिअ केसीले बताए । अत्याधिक लेदो सहितको माटो घर तथा भवनहरुको आधार भागसम्म पुर्र्ने गरी ढाकिएकोले अझै केही सातासम्म सफाई गर्न समय लाग्न सक्ने उनको भनाई छ ।
मुस्ताङको कागवेनीसम्म जाने सडक अन्र्तगत म्याग्दी खण्डको वैतरीमा केही दिनदेखि ठुलो पहिरो गएका कारण सडक अबरुद्ध भएकोले चाहेर पनि उक्त क्षेत्रमा सफाई गर्न ढिलाई हुने प्रजिअ केसीले बताए । पानीको वहाव समेत नघटेकाले गर्दा घटनास्थलमा सफाई गर्न केही कठिनायी भएको उनले जनाए ।
आइतबार बेलुका आएको भलपानी सहितको बाढीबाट कागवेनीको २९ घर तथा भवन पूर्ण रुपमा क्षति पुगेको प्रजिअ केसीले दाबी गरे । त्यसै गरी १३ घरमा आशिंक क्षति, ९ गोठमा पूर्ण क्षति, दुई पाङग्रे सवारी साधन ९ वटा पूर्ण क्षती, ठुलो सवारी साधन २ वटा, पशु चौपाय लगायको क्षति भएको उनले जनाए । क्षतिको पूरा विवण हाल संकलन गर्न सुरु गर्ने उनले जनाए । प्रहरी चौकी कागवेनी, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ को कार्यालय, कागवेनी आश्रम, एनआईएमबी बैंक रहेको भवन तथा प्रभु बैंक रहेको भवन, काग छेदे गुम्बा, पक्की पुल, होटल तथा रेष्टुरेण्ट लगायमा क्षति पुगेको गाँउपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए । पूर्व सूचना गराएका कारण भने मावनीय क्षेती हुनबाट बचाउन सफल भएको उनले जनाए । कागबेनीमा करिब एक सय घर धुरीको बस्ती रहेको थियो ।
हरेक बर्ष जसो यसरी नै आउने बाढी भन्दा यस बर्ष भने बाढीको गति तिव्र र धेरै लेदो सहितको बाढी आउदा कागबेनीको बस्तीमै बाढी पसेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले बताए । आफुहरुले अब तत्काल बचेको कागबेनीको घर सहितको बस्ती संरक्षणको लागि मेसिन प्रयोग गरी मर्मत सम्हार र सफाई गर्न लागिएकोे प्रवक्ता गुरुङले जनाए ।
यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सोमबार पोखरामा बसेको बैठकले मुस्ताङको प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेको थियो ।
यसैबिच, पोखरा पर्यटन परिषदले उक्त घटना प्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा बिषेश ध्यान दिन आग्रह गरेको छ । प्रदेशको पर्यटकीय क्षेत्रमा भएको विपदले आम पर्यटन क्षेत्रलाई समेत असर पर्ने भएकोले त्यसको उचित व्यबस्थापनको लागि तीन तहका सरकार सहित विभिन्न संघ संस्थाहरुको समन्वय र सहकार्य आवश्यक भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । बाढी पहिरोले प्रभावित भएका सडक मार्ग सहितका पदमार्ग तत्काल मर्मत संहार गर्न परिषदले माग गरेको छ ।

प्रतिकृया दिनुहोस्