Pokharapatra National Daily

कास्की कांग्रेसद्वारा आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त

संसद विघटन विरुद्व नेपाली काँग्रेसले बिहीबार देशभर प्रदर्शन गरेको छ ।
काँग्रेसले सात सय ५३ पालिकाका ६ हजार सात सय ४३ वडामा प्रदर्शन गरेको हो । कास्कीमा पनि ७२ वटा वडामा व्यापक जनसहभागितामा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
यसैबीच नेपाली काँग्रेस कास्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी संसद विघटन विरुद्वको चरणवद्व आन्दोलनमा सहभागी हुने सबैप्रति आभार व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी कास्कीमा भएका सबै आन्दोलनमा उल्लेख्य सहभागिता रहेको जनाउँदै सबैप्रति आभार व्यक्त गरेका हुन् । विज्ञप्तिमा पार्टीका आगामि गतिविधिमा पनि सबैको सक्रिय सहभागिता अपेक्षा गरिएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको पुस १९ गतेको बैठकले पुस २५, माघ ३ र माघ ८ गतेका लागि आन्दोलन घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस्