Pokharapatra National Daily

आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक बर्षको जेठ पहिलो सातासम्म ११ प्रतिशत लक्ष्य हालिस गर्न सकेन

आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०७९÷०८० को जेठ पहिलो सातासम्म करिब ११ प्रतिशत लक्ष्य हासिल गर्न सकेन् । उक्त अवधिमा ४ अर्ब ४९ करोड ९४ लाख १ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य रहे पनि कार्यालयले भने ८९.२२ प्रतिशत लक्ष्यले ४ अर्ब १ करोड ४१ लाख ७२ हजार रुपैया मात्र राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए ।
बैंक तथा विक्तिय संघ संस्थाको चर्को व्याजदर, देशामा आर्थिक मन्दि,सरकारको पूंजिगत खर्चमा कमी, घर जग्गा तथा नक्सापास रोक्का हुनुले लक्ष्य भन्दा केही कम राजश्व संकलन भएको प्रमुख कर अधिकृत शर्माले बताए । कोरोनाको कारण त्यसको असर आर्थिक क्षेत्रमा परेको तरलता अभावले गर्दा बजारमा यसको असर अझै केही समय रहन सक्ने उनले बताए ।
गत अघिल्लो आर्थिक बर्षको वैशाख महिनासम्म हेर्दा कार्यालयले ९३.९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको थियो । गत बर्ष उक्त अवधिमा कार्यालयले ३ अर्ब ९६ करोड ६ लाख ४७ हजारको लक्ष्य रहेकोमा ३ अर्ब ७२ करोड २० लाख ५५ हजार रुपैया राजश्व संकलन गर्न सफल भएको थियो ।
त्यसै गरी कार्यालयले जेठ पहिलो सातासम्म आयकर तर्फ ८६.४१ प्रतिशत प्रगती गरेको छ अर्थात २ अर्ब ३३ करोड २६ लाख ६२ हजार राजश्व संकलन गरेको कार्यालयले दिएको तथ्याङकमा उल्लेख छ । यस अवधिमा कार्यालयलाई २ अर्ब ६९ करोड ९५ लाख २१ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । चालु आर्थिक बर्षको जेठ महिनाको पहिलो सातासम्म मुल्य अभिबृद्धिकरबाट ९७.७३ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको छ । मुल्य अभिबृद्धिकरबाट १ अर्ब २६ करोड ४८ लाख ५५ हजार लक्ष्य रहेकोमा जेठ पहिला सातासम्म कार्यालयले १ अर्ब २३ करोड ६१ लाख ७३ हजार रुपैया राजश्व संकलन गर्न सफल भएको छ । त्यसै गरी अन्त शुल्कबाट जेठ पहिलो सातासम्म कार्यालयले ७३.२५ प्रतिशतले १३ करोड ५६ लाख ५३ हजार रुपैया राजश्व संकलन गर्न सफल भएको छ । व्याज तर्फ कार्यालयले ९०.४० प्रतिशतले २६ करोड २२ लाख ५७ हजार रुपैया राजश्व संकलन गर्न सफल भएको कर अधिकृत गोपाल गिरीले बताए । २९ करोड १ लाख १४ हजार कार्यालयलको सो अवधिमा लक्ष्य रहेको थियो । व्यवसायिक घर वहाल कर तर्फ ८० प्रतिशतले ४ करोड ७४ लाख ५ हजार राजश्व संकलन गर्न सफल भएको कर अधिकृत गिरीले जनाए । अनलाइन कर सेवा प्रवाकारी हुदै आएकोले गर्दा हिजोआज कार्यालयमा सेवाग्राहीहरुको भने कम भिड हुने भएको छ ।
कार्यालयमा २ लाख १६ हजार १ सय २७ जना करदाता रहेको कर अधिकृत गिरीले बताए । उनका अनुसार हालसम्म कार्यालयमा १ लाख ५० हजार ४५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएकाछन्। व्यवसायीक रुपमा स्थायी लेखा नम्बर लिएका ६५ हजार ७ सय ५० जना रहेका छन्। अग्रिम कर कट्टि गर्ने३ सय ३२ वटा निकाय रहेको कार्यालयले जनाएको छ । यस कार्यालयको कार्यक्षेत्र कास्की जिल्लाको पोखरा महानगरपालिका,अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«्रे गाउँपालिका, रुपा गाँउपालिका र मादी गाउँपालिका रहेको छ । स्थानिय तह देखि प्रदेश र संघिय सरकारले पूंजिगत खर्च बढाउन सकेका छैनन भने राजश्व संकलनमा पनि अघिल्ला बर्षको तुलनामा निकै कम संकलन भएको छ ।

प्रतिकृया दिनुहोस्