Pokharapatra National Daily

कोरोनाबाट पोखरामा थप २ जनाको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घण्टामा पोखरामा २ जनाको मृत्यु भएको छ । विभिन्न रोग सहित कोरोना संक्रमित भएका पोखरा र स्याङजाका दुई जना महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा बुधबार एक घण्टाको फरकमा मृत्यु भएको मा उनको उपचार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बुधबार पोखरा २९ की ३५ बर्षीया एक महिलाको कोरोनाबाट मृत्यु भएको भने गत पुष २९ गते कोरोना पुष्टि भएसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार हुदै आए पनि बुधबार विहान करिब ६ः०० बजे उनको कोरोनाबाट मृत्यु भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले बताए । मृतक महिला मधुमेहबाट ग्रसित भएको अस्पताल श्रोतले जनाएको छ । त्यसै गरी प्रतिष्ठानमै एक घण्टाको फरकमा अर्को एक जना कोरोनाका बिरामीको मृत्यु भएको छ । स्याङजा बिरुवा ५ की ७० वर्षीया महिलाको बुधबार विहान करिब ७ः०० बजे उपचारकै क्रममा मृत्यु भएको निर्देशक डा. शर्माले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । उनको यही माघ ६ गते मंगलबार मात्र कोरोना पुष्टि भएको थियो । नवलपरासि पूर्व गैडाकोट नगरपालिका १३ का ५५ बर्षीय पुरुषको मंगलबार साँझ ६ः०५ बजे भरतपुर अस्पतालको चितवनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उनको पुष २६ गते नै कोरोना पुष्टि भएको थियो ।
हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट २ सय २ जनाको मृत्यु भएको निर्देशक डा. शर्माले बताए । कोरोनाबाट पछिल्लो २४ घण्टामा पोखरामा २ सहित गण्डकी प्रदेशमा तीन जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २ सय ७५ जनाको नमुना परिक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको हो । प्रदेशमा हाल ४ सय ३१ जना होम आइसोलेसनमा २ सय ३५ जनामा नेगेटिभ, ३९ जना भने कोरोना निको भएको निर्देशक डा. शर्माले जनाए । बुधबारसम्म गण्डकी प्रदेशमा कोरोनाका सक्रिय केस ४ सय ५५ जनामा मात्र रहेको छ । त्यसै गरी कोरोना निको भएको सङख्या भने १४ हजार ६ सय ७ जना, संक्रमितको सङख्या १५ हजार २ सय ६४ जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म १ लाख २५ हजार ४० जनामा कोरोनाको परिक्षण गर्दा १ लाख ९ हजार ७ सय ७६ जनामा कोरोना नेगेटिभ नतिजा आएको छ । कोभिड—१९ को शंक्रमण दर हाल घटेसंगै यसको उपचार र रोकथाममा केही सहज हुदै आएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. राम बहादुर केसीले बताए । संघिय सरकारले पछिल्लो समयमा कोरोना पोजेटिभ भएकाहरुलाई घर घरमै बस्ने तर उपचार गर्नु पर्र्ने केही स्वास्थ्यमा समस्या भएको अबस्थामा मात्र अस्पतालमा भर्ना लिने निर्देशन बमोजिम प्रदेश सरकारले पनि सोही अनुरुपमा उपचार गर्दै आएको उनले जनाए । मनाङ र मुस्ताङमा ३÷३ बेडको भेन्टिलेटर सहितको अन्य अस्पताल ३ भेन्टिलेटर सहितको ५ वेडको सघन उपचार कक्ष निर्माण भएको बरिष्ठ स्वास्थ्य प्रशासक डा. केसीले बताए ।
गण्डकी प्रदेशमा कास्की सहित ११ जिल्लामा ११ वटा जिल्ला अस्पताल, गण्डकी प्रदेशको राजधानि पोखरामा शंक्रामक तथा सरुवा रोग अस्पताल (लेखनाथ सामुदायिक लायन्स अस्पताल) मा छुट्टै आइसुलेसन सेन्टर बनायर उपचार सुरु भएको उनले जनाए । ५० बेडको उक्त अस्पतालले अहिलेको अबस्थामा जति बिरामी भए पनि उपचार गर्ने भएको डा.केसीले दाबी गरे । निजी अस्पताल एवं मेडिकल कलेजहरुले समेत कोभिडको उपचार गर्न थाले संगै यसको उपचार र रोकथाममा प्रदेश सरकारलाई धेरै सहज भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्