Pokharapatra National Daily

सूचनाको हकका लागि पोखरा ८ वडा संजालमा काकी

सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपाल पोखरा महानगरको आयोजनामा मंगलबार पोखरा ८ स्तरिय वडा भेलाले सागर कार्कीको संयोजकत्वमा ९ सदस्यीय वडा संजाल गठन गरेको छ ।
वडा संजालको सहसंयोजकमा विश्वप्रकाश वराल सदस्य सचिवमा सुनिता लामिछाने र सदस्यहरुमा राजकुमार गिरी, अमित जोशी, सुनिल पोख्रेल, वलराम गिरी, विनोद भण्डारी र राजु कुँवर सर्वसम्मत चयन भएका छन् । भेलाका प्रमुख अतिथि पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ वरालले कार्यक्रमको उद्घाटन गर्दै सूचना अभियान्ताहरुलाई जनप्रतिनिधिहरुले आफ्ना विरोधीको रुपमा नलिई सहयोगीको रुपमा लिनु पर्ने वताएका थिए । कार्यक्रममा वडा सचिव सविता ढुंगानाले आफुले सूचनाको हकको वारेमा चासो दिने गरेकोले सूचना माग्न आउने कुनै पनि नागरिकलाई छिटोभन्दा छिटो उपलब्ध गराउने गरेको अनुभव वताएकी थिईन । संजाल गठनको लागि महानगर संजालका मिडिया संयोजक कृष्ण बहादुर रानाभाटले सहजीकरण गरेका थिए भने सहसंयोजक कुलमाया क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिइन् । पोखरा महानगर संजालका संयोजक कृष्ण क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सदस्य सचिव रेशम खड्काले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्