Pokharapatra National Daily

नेपाली कांग्रेस २२ ले गर्यो विरोध सभा

केपि ओलि नेतृत्वमा रहेकोे कम्युनिस्ट सरकारले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली का·्रेस वडा नम्बर २२ पुम्दी–भुम्दी ईकाई समितिले बिहिवार विरोधसभा गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली का·्रेसका नेता खेमराज पौडेलले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले संविधानको मुल मर्म र भावनामा प्रहार गरेको बताउनु भयो । कार्यक्रममा विशिस्ट अतिथि प्रदेश ३ ख का सभापति प्रकाश बरालले प्रतिगामी कदम नसच्चिय आन्दोलनका समस्त उपलब्धि समाप्त हुने बताउनुभयो । सोही कार्यक्रममा तरुण नेता खुसिराम बराल,विद्यार्थी नेता शिव बराल, प्राध्यापक भिमनाथ बराल, क्षेत्रीय प्रतिनिधि कुलदेवी बराल, नेपाल दलित संघ जिल्ला सदस्य सन्तोष दियाली, नव प्रवेशी बुद्धिबहादुर परियार लगायत सबै वक्ताहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दै,पुनःस्थापनमा को माग गर्नुभयो । सोही कार्यक्रममा नेकपाका संगठित सदस्य भेषराज बराल, बुद्धिबहादुर परियार, कविता परियार, हरि बि.क. लगायत चालीस जना नेपाली का·्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली का·्रेस वडा २२ का सभापति देउकाजी गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन ईकाई सचिव होमप्रसाद बरालले गर्नुभएको थियो ।
नेपाली काङ्रेस वडा नम्बर २२ ईकाई समितिले वडा नम्बर २२ मा भएका ढिलासुस्ती,कर्मचारीको लापरबाही र बेथितिको विरुद्धमा बिहीवार १९ बुदे ज्ञापनपत्र बुझाएको छ । वडामा भएका विकास निर्माणको काममा भएको ढिलासुस्ती, कर्मचारीको लापरबाही, यातायात असुविधा, वृद्धभत्ता, भुपु पेन्सन, शिक्षास्वास्थ लगायतको विषयमा ध्यानाकर्षण गर्दै वडा अध्यक्ष मित्रलाल बराल लाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न भातृसस्था एव पार्टीका पदाधिकारीका साथ गएको नेपाली का·्रेस पुम्दी–भुम्दिले उक्त कार्यक्रममा ज्ञापनपत्र बुझाउनु पुर्व ईकाई सचिव होमप्रसाद बराले उक्त ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो र ईकाई सभापती देउकाजी गुरुङले ज्ञापनपत्र बुझाउदै आगामी दिनमा कमि–कमजोरी सच्चाउन अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस्