Pokharapatra National Daily

पुस्तक तथा स्टेशनरी व्यवसायीलाई पोखरामा स्वागत

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले पोखरामा एक कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यशाला कार्यक्रममा चितवन जिल्लामा हालै नव निर्वाचित कार्यसमितीलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकास्कीले पोखरामा स्वागत तथा बधाई ज्ञापन गरेको छ । कार्यक्रममा नव निर्वाचित कार्य समितीलाई बधाई दिदै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष ऋषिरामशर्मा भण्डारीले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला शाँखाहरु मध्य कास्की र चितवन जिल्ला उत्कृष्ट जिल्लारहेको बताउदै कोरोना रोगले गर्दा पुस्तक व्यवसायी धरापमा परेको भन्दै व्यवसायीहरुलाई हतोसाहीत नभई आफ्नो कर्म क्षेत्रमा अगाडीबढ्न आग्रह गरे । कार्यक्रमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष मोहन सापकोटाले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायीमहासंघ चितवन शाखासँग कास्की शाखाको भावानात्मक सम्वन्ध रहेको बताउदै नयाँ कार्यसमितीलाई बधाई दिदै सफल कार्यकालकोकामना गरे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका नव निर्वाचित अध्यक्ष उद्योग विक्रम वानियाले कास्की शाखाले गरेकोसम्मान बाट आफुहरु ऋणी रहेको बताउदै पुस्तक व्यवसायलाई कसरी माथी लैजान सकीन्छ भन्ने हेतुले चितवन शाखाले पोखरामाकार्यशाला गोष्ठी राखेको बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कासकीका अध्यक्ष मोहन सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालनकास्की शाखाका सचिव गोविन्द गौतमले सन्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्