Pokharapatra National Daily

गण्डकी सरकार १ सय ५ दिनमै ढल्यो

देशमा संघियता आए पनि व्यावहार त लागु गर्न नसक्दा प्रदेश सरकार पनि संघीय सरकारकै निर्देशनबाट प्रभावित हुदै आएको छ । यसको मारमा गण्डकी प्रदेश सरकार पनि परेको छ ।
गण्डकी प्रदेशमा खगराज अधिकारीको नेतृत्वमा बनेको सरकारको १ सय ५ दिनमै सरकार ढलेसंगै नयाँ सरकार सम्भवत आइतबार बन्ने भएको छ । शनिबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्त भएसंगै सरकार ढलेकोले नयाँ सरकार आइतबार बन्ने भएको हो । नेकपा माओबादी र कागेंसको तर्फबाट को पहिला मुख्यमन्त्री बन्ने बिषयमा छलफल नटुंगिएकोले गर्दा आइतबार सरकार बन्ने भएको श्रोतको भनाई छ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आइतबार बिहानसम्म छलफल टुंगाई आइतबारसम्म नयाँ सरकार बन्ने बताएका छन् । प्रदेश प्रमुखले कुन धारा अनुसार नयाँ सरकार गठनको प्रकृयाको लागि आव्हान गर्नुहुन्छ सोही अनुरुप आफुहरु तयारी अबस्थामा रहेको उनले जनाए । शनिबार प्रदेश सभाको बैठकमा विश्वासको मत मागेका अधिकारीको पक्षमा २४ मत परेको थियो भने उनको बिपक्षमा भने ३५ मत परेको थियो । सभामुख कृष्ण धिताल बाहेक ५९ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा अधिकारीको पक्षमा एमालेका २२ र राप्रपाका २ गरी २४ जनाले मत दिएका हुन भने उनको पक्षमा भने कागेंसको २७, माओबादीको ७ एक स्वतन्त्र गरी ३५ मत विपक्षिमा दस्तखत गरेका थिए । अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलिजुली सरकार बन्ने वा १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने यो बिषयमा प्रदेश प्रमुखले कुन निर्णय लिन्छन त्यो हेर्न समयले नै बताउला । माओबादीका प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको कुरा प्रदेश प्रमुखको सचिवालयलाई जानकारी गराएसंगै अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउनको लागि आव्हान हुने भएको बताए । संसदमा दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बन्ने सम्भावना रहदासम्म ३ मा जान नसक्ने स्पष्ट भएको नेता चुमानले दाबी गर्दै सर्वोच्च अदालतले गरेको व्याख्याको आधारबाट पनि संविधानको धारा १६८ (२) सरकार गठनको लागि आव्हान हुने बताए । सदनमा वोल्दै उनले आफुले अधिकारी नेतृत्वमा ७५ दिने मन्त्री भएको उल्लेख गर्दै केन्द्र सरकारको रापताप प्रदेशमा पनि पर्ने गरेको बताए । त्यसमा आफुरुको छलफल पछि आइतबार नै सरकार बन्ने गरी जाने भएको उनले जनाए । प्रदेशमा पहिलो कार्यकाल आफ्नो पार्टी नेतृत्वमा मुख्यमन्त्री पाउनु पर्ने भन्ने दाबी रहेको नेता चुमानले बताए । को मुख्यमन्त्री बन्ने भन्ने बिषयले गर्दा सरकार गठनमा ढिलाई त हुन्न भन्ने पत्रकारको प्रश्नमा उनले आइबतारसम्म टुंगायरै सरकार गठन हुने उनले जनाए । राप्रापाका पन्चराम गुरुङले प्रदेश सभा खारेजीको माग गर्दै केन्द्र सरकारको प्रदेश सरकारहरु कठपुतली हुने गरेको दाबी गरे । प्रदेश सरकार खारेज गरे भावी पुस्ताले आफुहरुको नाम लिने उनको भनाई थियो ।
हामी अस्थिरताका कारक भएका कारण प्रदेश सरकार प्रति प्रश्न उठ्न थालेको मुख्यमन्त्री अधिकारीले बताए । विश्वासको मत माग्दै मुख्यमन्त्री खगराज अधिकारीले भने “मन बदल्नुहोस मलाई विश्वासको मत दिनुहोस, कम्तिमा पनि हामीलाई काम गर्ने समय दिनुहोस, संघमा पनि काम गरेको अनुभवले गर्दा मैले संसदीय प्रणाली बुझेको छु ।” नयाँ सरकारलाई रचनात्मक र सकरात्मक ढंगले सहयोग गर्ने उनले जनाए ।

प्रतिकृया दिनुहोस्