Pokharapatra National Daily

सांसद दवाडीद्धारा चालु बर्षमा ९ लाख सहयोग

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले यस चालु आर्थिक बर्षमा पनि व्यक्ति तथा विभिन्न संघ संस्थालाई आफ्नो व्यक्तिगत रुपमा ९ लाख रुपैया आर्थिक सहयोग गरेका छन् ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै सांसद दवाडीले संसदमा पहिलो सपथ खाएकै दिनमा राज्यबाट प्राप्त हुने सेवा सुविधा जनताको हकहितको लागि खर्चिने दिएको वचन अनुसार आवश्यकताको आधारमा व्यक्ति देखि विभिन्न संघ संस्थालाई उक्त रकम सहयोग गर्दै आएकोे बताएका हुन् । उनका अनुसार पहिलो बर्षमा १२ लाख, दोश्रो बर्षमा १० लाख र यस चालु अािर्थक बर्षको पुषसम्म ९ लाख खर्च भएको छ । उनले भने “म एक जनप्रतिनिधि भएको हुनाले राज्यले दिएको तलव तथा भक्ता सहित बार्षिक रुपमा करिब ६ लाख जसो संकलन हुने गर्दत तर त्यसमा समेत मैले केही रकम थप गरी हाल गाँउ ठाँउमा तत्काल आवश्यकताको आधारमा सहयोग गर्दै आएको छु ।” कोही बिरामी हुदा अस्पतालमा पुगेर, कतै बाटो अबरुद्ध हुदा डोजर लियर, कुनै क्लव तथा आमा समुहलाई कठिन भएको अबस्थामा, कुनै बिद्यालयमा पुगेर कापी किताव देखि किसानको खेतवारीमा समेत पुगेर सहयोग गर्दै आएको सांसद दवाडीको दाबी छ ।
दुर्घटनामा परी घाइते भएका लेखबहादुर गुरुङको उपचारमा ५ हजार देखि गोर्खा सिरान्चोक स्थित कालिका नेवारी समाज भाँडाकुडा खरिदमा १ लाख १७ हजारसम्म सहयोग गरेको उनले जनाए । उनले यस बर्ष २८ वटा व्यक्ति तथा संघ संस्थालाई सहयोग गरेका हुन् । महिनाको आधा जसो समय गोर्खा क्षेत्र नम्बर २ ख तर्फ नै केन्द्रित हुदै जनताको घर घरमा पुग्ने गरेको उनले बताए ।
यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध आफुहरुले बिरोध गर्दै आए पनि प्रदेश सरकारमा भने हाल सक्ता फेर बदल गर्ने बिषयमा कुनै छलफल नभएको सांसद दवाडीले बताए । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताएका उनले नेकपा नेतृत्वको सरकारले देशलाइ निकास दिन नसकेको दाबी गरे ।

प्रतिकृया दिनुहोस्