Pokharapatra National Daily

महिला प्रहरी इन्चार्जलाई पर्यटन व्यवसायी महिलाको स्वागत

पोखराको पर्यटन क्षेत्रमा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले वडा प्रहरी कार्यलय वैदाममा हालै इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङलाई स्वागत गरेको छ ।
मञ्चका अध्यक्ष पार्वती पाण्डेले तामाङको कार्यकालको सफलता शुभकामना सहित दोसल्ला ओढाएर स्वागत गरेकी हुन् । अध्यक्ष पाण्डेले लेकसाडइको वडा प्रहरी कार्यलयले पहिलोपल्ट महिला इञ्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्ति सुरक्षा र अमन चयनमा थप सुधार आउने विश्वास व्यत्त गरिन । “हामीले पहिलोपल्ट महिला इञ्चार्ज पाएका छौ, यो निकै खुशीको कुरा हो महिला व्यवसायीले अब निर्धक्कका साथ आफ्नो कुरा राख्न सहज हुने विश्वास हामीले गरेका छौ ।” पाण्डेले भनिन् । इन्चार्ज तामाङले सुन्दर शहरमा सुन्दर मनहरुको स्वागतले आफूलाई थप हौसला मिलेको बताए ।
उनले भनिन् “यो स्वागतले मलाई अझै बढी जिम्मवार बनाएको छ । आफ्नो क्षेत्राधिकार भित्र रहेर शान्ति सुरक्षामा जोड दिदै अपराध न्यूनिकरणका लागि पहल गर्ने गर्नेछु ।” उनले आफू आएदेखि चोरी डकैटी केस अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसि टिभि राख्न समेत आग्रह गर्नु भयो । उनले भने, “नेपाल प्रहरीले सिमित स्रोत र साधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको छ, कतिपय घटनाहरुको अनुसन्धान निकै जटिल हुने गर्छ, सिसिटिभि राख्नुभयो भने अपराध अनुसन्धानमा सहयोग पुग्छ,” उनले समाजलाई अपराध रहित बनाउन नागरिकको पनि साथ आवश्यक रहने बताइन । “हामी बर्दीसहितका प्रहरी हौँ, नागरिक बर्दी विनाका प्रहरी हुन् अपराध रहित समाजको लागि हामी सबैको हातेमालो आवश्यक छ ।” उनले पर्यटकीय क्षेत्रको जिम्मेवारीलाई आफूले अवसरसँगै चूनौतीको रुपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रभाव र दवाबमा नपरी नागरिकका लागि काम गर्ने बताइन । स्वागत कार्यक्रम मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सचिव ममता न्यौपाने, लगायतले लेकसाइडका विभिन्न ठाउँहरुमा हुने गरेका अवाञ्छीत गतिविधिले व्यवसायीलाई असर गरेको जनाउँदै समाधानका लागि प्रहरी प्रशासनको सक्रियता बढाउन आग्रह गरेका थिए ।
लेकसाइडमा राती ‘मोडिफाइ’ गरेका मोटरसाइकलका आवाज र डान्स डिस्कोवारका ध्वनी प्रदुषणसँगै लागू औषध, मादक पदार्थ सेवन गरे मध्यरातमा होहल्ला गर्ने र चोरी डकैती समेत बढ्दै गएकाले पर्यटकीय क्षेत्रको शान्ति सुरक्षा र पर्यटनमैत्री वातावरणका लागि प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्