Pokharapatra National Daily

कर्मफ्लाईटस्ले बारपाक सुलिकोटमा दियो एक घर एक धारा सेवा

पोखरा तथा विश्वव्यापी प्याराग्लाइीडङ पाइलटहरुको सामाजिक संस्था कर्मफ्लाईटस् फाउन्डेशन नेपाल, पोखरा कास्कील गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ३, स्तूलफाँट नयाँ बस्तीका १८ घरधुरी र एक विद्यालयलाई लक्षित गरि एक घर एक धारा परियोजना सम्पन्न गरेको छ ।
यहि माघ ५ गतेका दिन सो परियोजनाको उद्घाटन तथा हस्तान्तरण बारपाक सुलिकोट गा. पा का अध्यक्ष तथा उपाध्यक्ष सहितको टोलीको उपस्थितिमा विशेष समारोहका विचमा सम्पन्न भएको स्तूफाँट नयाँबस्ती खानेपानी उपभोतmा समितिका सचिव अर्जुन कुमार गुरुङले बताए । उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले २ वर्ष भित्र सवै वडामा एक घर एक धारा बनाउने गाउँपालिकाको अभियानलाई सफल बनाउन सानो स्केलमा भएपनि कर्मफ्लाईटस्ले योगदान दिएको र संस्थाले गाउँपालिकाले लिएको संवृद्धिको सपनालाई शिक्षा र स्वाथ्यको क्षेत्रमा सहकार्य गरि सहयोग गरेको कुराको मुक्त कष्ठले प्रशंशा गर्नु भएको थियो । गत वर्ष चैत्र २० गते गाउँपालिका, स्थानिय उपभोतmा समिति र कर्मफ्लाईटस् संस्थाको बिचमा त्रिपक्षिय सम्झौता भई गत आ.व भित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोना कहरको कारणले परियोजना गत कार्तिकबाट शुरु भई निर्धाारित समय अगावै पौष १६ भित्रै सम्पूर्ण कार्य सम्पन्न भई एक विद्यालय सहित १८ घरधुरीका करिव २३ जनाले २ एक घर एक धारा खानेपानी तथा सरसफाईको सुविधा लिइरहेका छन् ।
ग्रभिटी फ्लो स्किमको यस परियोजनाको मुल जुगेपानी मूल समुदायबाट करिव १५०० मिटर माथि अत्यन्तै सुरक्षित स्थानमा रहेको र मुहान देखि चुहान सम्मको कुल पाइपलाइन ३७२२ मिटर रहेको छ भने एक कलेक्सन तथा फिल्टेरेशन टक्की,र ६ घनमिटरको आरभिटीबाट २ वटा खोला माथि सरपेन्सन क्रसिङ र एक नहरमाथि जिआईक्रसिङ गरि घरघरमा धारा निर्माण गरिएको आयोजनाका वरिष्ठ प्राविधिक राधाकृष्ण कोइरालाले बताए । कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखरा कास्की र जर्मनी स्थित टुएइड संस्थाको आर्थिक सहकार्य तथा स्थानिय उपभोतmा समितिको सक्रिय सहभागिता एंव जनश्रमदानमा सम्पन्न परियोजना सहकार्यको राम्रो नमुना भएको र यस परियोजनाले दक्ष जनशतिmको लागि शिप हस्तारन्तरण गर्नुको साथै स्थानिय उपभोतmा मार्फत रु ३ लाख ५० हजार रुपैँया बरावरको रकम समुदायमा भित्रिएको परियोजनाका सल्लाहकार दुर्गामान गुरुङले बताए । परियोजनाको कुल लागत रु २० लाख १७ हजार १ सय एकाउन्न भएकोमा स्थानिय उपभोक्तmाद्धारा ४ लाख ५३ हजार र बाँकी आर्थिक तथा प्राविधिक रुपमा रु १५ लाख ६४ हजार १ सय ५१ रुपैँया संस्थाबाट योगदान भएको कुरा संस्था र समितिको तर्फबाट सार्वजानिक सुनुवाई कार्यक्रम मार्फत गदै कर्मफ्लाईटस् फाउन्डेशनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले उद्घोष गरे ।
सोहि अवसरमा कर्मफ्लाईटस् संस्थाद्धारा श्री स्तूल आधारभुत विद्यालयमा नँया कक्षा सञ्चालन गर्दा फर्निचर (डेस्क वेञ्च) को अभाव भएको कुरालाई मध्यनजर गदै रु १ लाख ८० हजार रुपैँयाको लागतमा २० थान डेस्क वेञ्च पनि प्रमुख अतिथी तथा संस्थाका प्रतिनिधीहरुद्धारा हस्तान्तरण गरिएकोे विद्यालयका प्र.अ श्री लोकराज भण्डारीले बताए । साथै सोहि वडाको उलाजुङ आ.वि ठोट्नेरीमा घेरावारको लागि बाँकी काम सम्पन्न गर्नको लागि रु ५० हजार रुपैँया पनि संस्थाद्धारा विद्यालयका प्र. अ निल कुमारी सेन्चुरीलाई प्रदान गरिएको थियो ।
विद्यालयका वि. व्य. स सदस्य प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक आइतमान गुरुङको सञ्चालन र विद्यालय शिक्षक विश्राम गुरुङको स्वागत मन्तव्य रहेको थियो भने बा.सु.गा.पा.स्तरिय राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयका प्र.अ, लगायतले मन्तव्य राख्नुभएको थियो । प्रमुख तथा विशिष्ट अतिथीद्धारा परियोजना सम्पन्न बनाउन महत्वपूर्ण भुमिका खेल्ने कर्मचारी तथा समितिका प्रदाधिकारीहरुलाई प्रशंसापत्र द्धारा सम्मान गरिएको थियो ।
स्मरणीय रहोस् २०७२ सालको भुकम्पको केन्द्रविन्दु रहेको यस भूगोलको आसपासमा भुकम्प पश्चातको पुनर्निमाण कार्यमा कर्मफ्लाईटस् संस्थाले २ विद्यालयको भवन निर्माण, दुवै विद्यालयमा दिवा खाजा कार्यक्रम सहयोग र समग्र वडा नं ३ भित्रका ८ विद्यालयमा १ विद्यालय १ पुस्तकालय व्यवस्थापन तथा विद्यालयहरुका बालवालिकाहरुलाई न्यानो ज्याकेट वितरण गर्नुका साथै वडाको एक मात्र मा.वि श्री माझथर मा.वि मा आइसिटी कम्प्युटर ल्यावको स्थापना गरि शैक्षिक सुधार परियोजना मार्फत् गा.पा. सँग साझेदारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्