Pokharapatra National Daily

अभिनेता पल शाह थुनामुक्त

अभिनेता पल तनहुँबाट थुनामुक्त भएका छन् । जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता शाह सोमबार जिल्ला कारागार तनहुँबाट थुना मुक्तभएका हुन् । बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो ।
कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि शाहले सफाइ पाएका हुन् ।
यस्तै शाहका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुंगानाले बहस गरेका थिए । अब शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताएका छन । आइतबारको फैसलामा नाबालिगले सुरु अदालतमा शाहबाट जबर्जस्ती करणीसहितको यौन दुर्व्यवहार नभएको भनी गरेको बकपत्र र सबै साक्षीले प्रतिवादीले जबर्जस्ती करणी गरेका होइनन् भनी गरेको बकपत्रलाई आधार मानिएको छ  । गत वर्ष एक गायिकाले जबर्जस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा उजुरी दिएकी थिइन् । शाहलाई तनहुँ अदालतले गत माघ ३ मा सफाइ दिएको थियो । थुना मुक्त भएका शाहको पक्ष हजारौंको संख्यामा सहभागी हुदै उनलाई अविर तथा खादा लगाएका थिए । थुना मुक्ता भएका शाहले सबैलाई धन्यवाद दिदै आफुलाई केहीले गलत गरेको भन्ने गरे पनि आज आफु गलत सावित नभएको बताए । आफुलाई धेरैले विश्वास गरेकोमा धन्यवाद दिदै शाहले अब आफ्नो अभिनयको क्षेत्रमा लाग्ने बताए ।
अभिनेता पहल शाह थुनामुक्त हुन साथ उनका शुभेच्छुकहरुले पलशाह हाई हाई भन्दै नारा लगाएका थिए । पल शाहले हात हल्लाउदै सबैलाई धन्यवाद दिएका छन् । आफ्नो पूर्वकर्म थप प्रभावकारी ढंगले गर्ने समेत उनले बताए । ठुलो भिडले शाहसँग लेल्फी लिनेको समेत उस्तै भिड भएको थियो । देश विदेशमा रहनु हुने सबै नेपालीहरुलाई शाहले बिषेश धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्