Pokharapatra National Daily

पोखराबाट रात्रिकालिन हवाई हुने

पर्यटकीय नगरी पोखरामा अब रात्रिकालिन हवाई सेवा समेत संचालन हुने भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालन भएको करिब डेढ महिना भन्दा बढी भएकोले अब रात्रिकालिन सेवा समेत संचालन हुने भएको पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए ।
पोखरामा विहिबार देखि रात्रिकालिन एयरखुल्ला भएकोले आफुहरु राति मध्यरात १२ः०० बजेसम्मको लागि तयारी अबस्थामा रहने भएको उनले बताए । विहान ६ः०० देखि बेलुका ५ः०० बजेसम्म एउटा सेडुलमा हवाई उडान हुने भएको छ भने त्यसपछि रात्रिकालिन सेवा बेलुका थप ६ घण्टा पुन संचालन हुने भएको प्रमुख गौतमले हामीलाई जनाए । उनले भने “पोखरामा पहिलो पटक रात्रिकालिन हवाई उडानको लागि विहिबारदेखि कुनै पनि एयरलायन्स कम्पनीहरुले उडान भर्न सक्ने भएका छन्, एयरपोर्टमा आवश्यक पर्ने सम्पूर्ण तयारी भने हामीले गरेका छौं ।”
अहिलेसम्म ठ्याक्कै कुनै कम्पनीले पनि रात्रिकालिन सेवाको लागि समय तालिका प्राप्त नगरेको यदि माग भएमा उनीहरुलाई हवाई उडानको लागि आफुहरु तयारी अबस्थामा रहेको उनले जनाए । आधारभूत रुपमा सुरक्षाको बिषयमा आफुहरु निकै गम्भिरतापूर्वक लागेको दाबी गर्दै सेफ्टी र सेक्युरिटिको बिषयमा आफु निकै कठोर भएको प्रमुख गौतमले भन्दै आएका छन् । ४७ बर्षपछि पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै पोखरामा पर्यटन प्रबद्र्धनको ठुलो आशा र भरोसा गरिए पनि र्दुभाग्यबस पोखरामा माघ १ गते भएको विमान दुर्घटनाले पर्यटन आगमनमा केही असर परेको छ । हवाई उडानको रात्रिकालिन सेवा अब पोखराबाट हुने भए पनि पोखराका उद्योगी व्यवसायीहरु समेत निकै उत्साहित भएका छन्। नाम पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तराष्ट्रिय हवाई उडान भएको हेर्न चाहेका पोखरेलीले अब भने रात्रिकालिसन सेवा लिन पाउने भएका हुन् । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा रात्रिकिालन हवाई उडान हुनु पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा यसले सकरात्मक प्रभाव पार्ने बताए । साँझ विहान तथा रात्रिको समयमा पनि अब विभिन्न क्षेत्रबाट हवाई उडान गर्दै पोखरा आउन र पोखराबाट बाहिर जान पाउनु निकै खुसिको कुरा भएको अध्यक्ष श्रेष्ठले बताए । रात्रिकालिन सेवाले आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई पोखरा आउन सहज हुने उनले जनाए । हवाई सुरक्षा र हवाई उडानको शुल्कमा केही सहुलियत दियर अहिलेको विषमपरिस्थितीमा पर्यटकहरुलाई आकर्षण गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताए । रात्रिकालिन हवाई उडान हुनुले पोखरा क्षेत्रको पर्यटन क्षेत्रमा थप चलायमान हुने जसले यहाँको आर्थिक कृयाकलापमा थप चलायमान बनाउने कुरामा आफुहरु विशोस्त रहेको उनले जनाए । रात्रिकालिन सेवा संगै अब पोखरा देखि अन्तराष्ट्रिय हवाई उडान गर्नु पर्ने अध्यक्ष श्रेष्ठको माग रहेको छ । यसैबिच बुद्ध एयरले ९ मार्च अर्थात फागुन २५ गते देखि रात्रिकालिन हवाई सेवा संचालनको तयारी गरेको श्रोतको भनाई छ । पोखरा विमानस्थलबाट रात्रिकालिन हवाई सेवा संचालनको लागि विहिबार देखि बाटो खुल्ला भए पनि आफुहरुले तयारी गर्दै अबको केही दिनपछि मात्र रात्रिकालिन सेवा संचालन गर्ने भएको बुद्ध एयर कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए । यात्रुकोे माग र चाप अनुसार आफुहरुले हवाई उडान थप घट गर्ने तयारी गरेको उनले जनाए । बुद्ध सहित पोखराबाट यति, श्री, गुणा, तारा, नेपाल एयरलायन्स लगायतका एयरलायन्स कम्पनीले हाल सेवा दिदै आएका छन् । श्री एयरलायन्स कम्पनीले समेत अबको केही समय पछि रात्रिकालिन सेवा दिने भएको छ । समयको माग र पर्यटकीय क्षेत्रमा उक्त सेवा आवश्यक भएकोले त्यसमा आफ्नो कम्पनीले पनि अबको केही समय पछि रात्रिकालिन सेवा दिने भएको श्री एयरलायन्स कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए । दिनभरी काम सकेर रात्रि पोखरा घुम्न आउने पर्यटकलाई समेत राहत हुने जसले पोखराको पर्यटन प्रबद्र्धन हुने बिषयमा आफुहरुले पनि अब अध्ययन गरी उक्त सेवा संचालन गर्ने योजनामा रहेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्