Pokharapatra National Daily

गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनायो

गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापना भएको ५ वर्ष पूरा भएको अवसरमा प्रभात फेरी सहित एक समारोहका बिच आफ्नो स्थापना दिवस मनाएको हो ।
पोखराको शहिद पार्कमा शहिदहरुलाई माल्यारोपण पश्चात सुरु भएको प्रभात फेरी रत्नचोक, सृजनाचोक, सभागृह हुदै सभागृहमा पुगेर समापन भएको थियो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङलाई पोखरा सभागृहमा नेपाल प्रहरीले सलामी दिएको थियो ।
पोखरा सभागृह हलमा आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङले सहमती, सहकार्य र एकता गरेर मात्र अघि बढ्न सके आधारभूत विकास निर्माणका काम पुरा गर्न सकिने बताएका छन् । प्रदेश सरकार छैटौं स्थापना दिवसको अवसरमा विहिबार आयोजित समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले कुनै पनि सरकारले सहमती, सहकार्य र एकता गरेर मात्र अघि बढ्न सके जनताका आधारभूत विकास निर्माण गर्न सकिने बताएका हुन् ।
अस्थायी सरकार भएमा जनताले र राजनीतिक दलले चाहेर पनि कतिपय योजना र विकास निर्माण समयमै गर्न नसकिने समस्या हुने उनको भनाई थियो । पोखरा पर्यटनको राजधानिको रुपमा विकसित हुदै आएको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले पोखरालाई आर्थिक गतिविधि र शैक्षिक गतिविधिको केन्द्र मान नभई अब धेरै कुराको सम्भावनाको खोजि गर्नुपर्ने बताएका हुन् । उनले भने “प्रदेशमा सम्भावना भएका क्षेत्रहरुको पहिचान गरी त्यसबाट प्रदेशले कसरी आय आर्जनसंग जोड्न जान सकिन्छ अबको ध्यान त्यस तर्फ केन्द्रित हुनु पर्छ ।” कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले प्रदेश सरकारहरुलाई अफ्नो अस्तित्व बचाउन धेरै चुनौती आएकोले त्यसको सामना गर्नुपर्ने बताए । जनताको आवश्यकता पूरा गर्न स्थीर सरकार नै आवश्यक भएको बताए । संस्थापक मुख्यमन्त्री एवं संघिय सांसद पृथ्बीसुब्बा गुरुङले एकल अधिकार भन्दा साझा अधिकार धेरै राख्नु नै संयितामा प्रदेश सरकार कुनै न कुनै ढंगबाट संघ सरकारबाट निर्देशीत हुनु परेको बताए । प्रदेश सरकारलाई अधिकार दिन कन्जुस्याई गर्ने अनि पुजिगत खर्च भएन भन्नु उचित नभएको उनले जनाए ।
प्रदेश सरकारको अस्तित्व देखाउन काम गरेर देखाउने समय आएको संस्थापक मुख्यमन्त्री गुरुङको भनाई थियो । निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अघिल्ला सरकारले अघि बढाएका प्रदेशका गौरवका र क्रमागत योजनाहरुलाई पुरा गर्न आग्रह गरे । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि हुदै आत्मनिर्भर बनाउने सम्भावनाका क्षेत्रको पहिचान सहित उचित ढंगले लगानी गर्नु पर्ने बताए । कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहा मगर लगायतले वोलेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको विकास र समृद्धिका लागि अब ढिलो गर्न कसैलाई छुट नभएकोले प्रदेश सरकार स्थापनाको अवसरमा सरकारले बार्षिक रुपमा कर्मचारीहरुलाई समेत पुरस्कृत गर्दै आएको छ । यस बर्ष पनि तीन बिधामा १० जना कर्मचारी पुरस्कृत हुने भएको प्रदेशका मुख्य सचिव रविलाल पन्थले बताए ।
प्रदेश निजामति सेवा सर्वोउत्कृष्ट पुरस्कारबाट यस बर्ष मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी सचिव मनमाया भट्टराई पंगेनी रहेकी छन् । उनले उक्त पुरस्कारको उपाधिको साथमा एक लाख नगद प्राप्त गर्ने भएकी हुन् ।
त्यसै गरी उत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कारबाट तीन जना पुरस्कृत हुने भएका छन् । डिभिजन वन कार्यालय लमजुङका डिभिजन वन अधिकृत पुर्णेश्वर सुवेदी, यातायात व्यबस्था कार्यालय सवारी कास्कीका अधिकृत (दशौं) डिल्लीराम रिज्याल र स्वास्थ्य कार्यालय मनाङका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य रहेका छन्। उनीहरुलाई जनही ७५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
त्यसै गरी प्रदेश निजामति सेवा पुरस्कारबाट प्रदेश संग्राहलयकी अधिकृत (आठौं) करुण राई, पुर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख (आठौं तह) ई.विवेक सिग्देल, कृषि, उर्जा तथा जलश्रोत मन्त्रालयका अधिकृत (सातौ) अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका अधिकृत (छैटौं) रामेश्वर ढुंगना, प्रदेश लोकसेवा आयोगका सहायक (पाचौं) बिष्णु पोखरेल गौडेल र गण्डकी प्रदेश सभा सचिवालयका सहायक (पाँचौं) सुर्य बहादुर बानिया रहेका छन् । उक्त पुरस्कारको राषि भने जनही ५० हजार रहेको छ । केही समय पश्चात उक्त पुरस्कार वितरण गरिने भएको छ ।
स्थापना दिवसको अवसरमा विहिबार प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । गत चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको हुनाले आज सार्वजनिक बिदा दिइएको हो । प्रदेश सरकार गठन भएपछि २०७४ साल फागुन ४ गते गण्डकीको मुख्यमन्त्रीका रुपमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङले पद तथा गोपनीयताको शपथ लिएका थिए । देशको राजनीतिक परिस्थितीका कारण नेपाली कागेंसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा करिब डेढ बर्ष सरकार चल्यो । २०७९ पुष २५ मा एमालेका खगराज अधिकारीको गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति भएका हुन् ।

प्रतिकृया दिनुहोस्