Pokharapatra National Daily

जागरण आमा समुहको २१औं वार्षिक साधारण सभा

पोखरा महानगरपालिका वडानं १३ आर्वा स्थित जागरण आमा समुहको २१औं वार्षिक साधारण सभा तथा विविध सम्मान कार्यक्रम शनिवार आर्वा स्थित जागरण आमा समुह को बहुउद्देश्यीय भवनमा सम्पन्न भयो ।
साधारण सभाको उद्घाट्न समुहकी पूर्व अध्यक्ष एवं जेष्ठ सदस्य बिष्णुमाया सिग्देल ले एक समारोहका बीच गरेकी थिईन् । कार्यक्रममा बिशेष अतिथि पत्रकार एवं पोखरा १३ आर्वा स्थित श्री मोहरपानी आदर्श टोल बिकाश संस्था का अध्यक्ष श्रीराम सिग्देलले आमा समुहहरुले समाज सुधारका लागि आफु र आफ्नो घरबाटै सुधारका प्रयास थाल्दै अगाडी बढ्नु पर्नेमा जोड दिय ।
समाज कस्तो बनाउने हो आमा समुहहरुको ठुलो भुमिका रहन्छ भन्दै अध्यक्ष सिग्देलले समाज भित्र मौलाउदै गएका गलत बिकृति र बिसंगतीलाइ हटाउन एक ढिक्का भई लाग्न अनुरोध गरे । उनले टोल बिकाश संस्था र आमा समुह मिलेर समाज सुधारका धेरै काम गर्न सकीने भन्दै आमा समुहलाई कम्मर कसेर लाग्न अनुरोध समेत गरे ।
कार्यक्रममा जागरण आमा समुहको बहुउद्देश्यीय भवन जिर्णोद्वार तथा मर्मत समितिका संयोजक हरीकृष्ण सिग्देल, मोहरपानी आदर्श टोल बिकाश संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार ऋषिराम सिग्देल, जागरण आमा समुहकी सल्लाहकार सुमित्रा बराल, काहुँखोला टोल बिकाश संस्था का सचिव माधव सिग्देल, लक्ष्मी नारायण टोल बिकाश संस्था का सदस्य बुद्धी प्रसाद बराल, आमा समुह बहुउद्देश्यीय भवन मर्मत तथा जिर्णोद्वार कार्यमा सहयोग प्रदान गर्ने सहयोगी दाता किरण बराल, रवि बराल र राम लक्ष्मण बराल (जुम्ली) लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा आमा समुहको बहुउद्देश्यीय भवन जिर्णोद्वार तथा मर्मत कार्यमा सहयोग प्रदान गर्ने किरण बराल, रबि बराल, राम बराल तथा राम लक्ष्मण (जुम्ली) लाई सम्मान गरियको थियो ।
तेस्तै आमा समुहका बिभिन्न पदमा बसेर समुहको हित र संरक्षणमा योगदान पु¥याएको भन्दै आमा समुहका पूर्व अध्यक्ष बिष्णु माया सिग्देल, निवर्तमान अध्यक्ष साबित्री सिग्देल, संस्थापक तथा सल्लाहकार हरु गोमा उपाध्याय, शुशिला बराल तथा पूर्व कोषाध्यक्ष सीता सिग्देललाई सम्मानित गरिएको थियो ।
जागरण आमा समुहकी अध्यक्ष राधादेबी बराल( विधा)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीता देबकोटाले स्वागत, कोषाध्यक्ष लक्ष्मी देबकोटा तथा कार्य समिती सदस्य अनिता अधिकारी ले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्