Pokharapatra National Daily

लायन्स आँगनद्धारा महर्षि गुरुकुलमा सहयोग

लायन्स क्लव अफ पोखरा आँगनको १५ आँै स्थापना दिवसको अवसर पारी महर्षि गुरुकुल वेद विद्याश्रम पोखरा–३, नारायणस्थानमा न्यानो कपडा, एक दिनको ब्राह्मण भोजन सहित आर्थिक नगद सहयोग गरिएको छ । क्लवले आश्रम आवासीय रुपमा अध्ययनरत वटुकहरुका लागि न्यानो कपडा सहित भोजन एवं नगद सहयोग वितरण गर्दै डिष्ट्रिक गभर्नर मन बहादुर रोकाले लायन्सको अभियान सबैलाई सहयोग गर्नु रहेकाले रचनात्मक सामाजिक कार्यमा लायन्स क्लवहरु सक्रिय हुनुपर्ने बताए ।
सेकेन्ड डिष्ट्रिक गभर्नर महेन्द्र पौडेलले लायन्स मार्फत हुने सेवामा सन्तुष्टि रहेको बताए । रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण बहादुर थापाले आवश्यकताको पहिचान गरी सामाजिक सेवा गर्न लायन्स क्लवहरु लाग्नुपर्ने बताए । क्लवका कार्यवहाक अध्यक्ष मनोज कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष डिष्ट्रिक पदाधिकारी राजेन्द्र बाटाजु, पूर्व अध्यक्ष एवं डिष्ट्रिक पदाधिकारी मदन कुमार मुल्मी, पूर्व अध्यक्ष एवं रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणि बाँस्तोला, एरिया क्लष्टर प्रमुख कुलचन्द्र शर्मा, विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेल, संस्थापक अध्यक्ष भागीरथि बाटाजु, कार्यक्रम संयोजक राम कुमार श्रेष्ठ, कोषाध्यक्ष रविन्द्र पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
गुरुकुल आश्रम पोखरामा शिक्षाको ज्योतिको रुपमा रहेको र यहीमार्फत पोखराका विभिन्न स्थानहरुमा अन्य विद्यालयहरु स्थापना भएका छन् भने महर्षि गुरुकुलमा हाल नेपालका विभिन्न जिल्लाका ४५ जना छात्रहरु पूर्णकालिन रुपमा अध्ययनरत रहेका छन् ।

प्रतिकृया दिनुहोस्