Pokharapatra National Daily

पिपुल्स च्वाइसका विजेता भलिवलकी कप्तान शाहीलाई पौने ४ लाख सहयोग

एन.एस.जे.एफ.स्पोर्ट अवार्ड अन्र्तगत पिपुल्स च्वाइस विधाका विजेता एवं महिला भलिबल टिमका कप्तान अरुणा शाहीलाई करिब पौने ४ लाख रुपैया सहयोग हन्तान्तरण गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघले शनिबार पोखरा रंगशालामा आयोजना गरेको सम्मान तथा आय व्यय सार्वजनिक समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, संघका अध्यक्ष छ्याम बहादुर थापा लगायतले फुलमाला सहित खेलाडी शाहीलाई सम्मान गर्दै ३ लाख ७३ हजार ७ सय ५ रुपैया बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकम मध्य प्रदेश सरकारले एक लाख सहयोग गरेको हो भने अन्य रकम अरुणा शाही जिताउ सुरु गरिएको अभियान समितिले संकलन गरेको हो । पोखरामा संचालन गरिएको अरुणा शाही जिताउ अभियान अन्तर्गत वचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ सहयोग गरिएको नेपाल भलिवल संघका सल्लाहकार एवम पोखरा महानगर पालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले बताए । उनका अनुसार अभियान अन्तर्गत भएको भलिवल प्रतियोगितामा टिकट विक्रिबाट २ लाख ५३ हजार गरि कुल १६ लाख ७३ हजार सात सय पाँच रुपैयाँ संकलन भएको थियो । संघले केही समय अघि पोखरामा रकम संकलन गरी खेलाडी शाहीलाई जिताउने उद्धेश्यले ए.पि.एफ. र न्यू डाइमण्ड बिच मैत्रिपूर्ण भलिवल प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा वोल्दै मन्त्री पुनले खेलाडी शाहीलाई वधाई दिंदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने वचन दीइन्। कोभिडका कारण मन्त्रालयको ध्यान नागरिककको स्वास्थ्य प्रती केन्द्रित गर्नु परेकोले अन्य काममा त्यती ध्यान पुग्न सकेको मन्त्री पुनको भनाई थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा खेलाडी शाहीलाई नगद ११ हजार सहयोग गर्दै प्रदेशको राजधानि पोखरामा हुने नवौं खेलकुदको तयारीका लागि जुट्न आग्रह गरे । उक्त अभियान अन्तर्गत ई–सेवा भोटिङका लागि १० लाख, भलिवल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य खर्च ३० हजार सहित १३ लाख खर्च गरिएको सल्लाहकार शर्माले बताए ।
खेलाडी शाहीलाई जिताउन प्रतिवद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन वाँकी रहेको उनले जनाए । खेलाडीे शाहीलाई जिताउन देश तथा विदेशबाट सहयोग प्राप्त भएको शर्माले बताए । कार्यक्रममा खेलाडी शाहीले पल्सर स्पोर्टस अवार्ड जस्तो गरिमाको अवार्ड जिताउन सहयोग गर्नु हुने प्रति आभार व्यक्त गर्दै उक्त उपाधिले आफूलाई थप जिम्मेवार वोध गरेको बताइन । उनले यो जित आफ्नो मात्रै नभई सवै भलिवल खेलप्रेमीहरुको भएको बताउँदै पोखरेलीहरुको मायाँ र प्रेरणाका कारण आफू विभागिय टिममा पटक–पटक बोलाउँदा समेत नगएको सुनाइन् ।
अरुणा जिताउँ अभियान अन्तर्गत पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिवल संघका सचिब डिवी नेपाली, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली लगायतले अभियान सफल पार्न देश विदेशवाट सहयोग गर्ने सवैमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्