Pokharapatra National Daily

नयाँ अभियान सुरु गर्न सकेनौं भने देशमा निकै अप्ठ्यारो हुन सक्छः पूर्व प्रधानमन्त्री प्रचण्ड

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब नयाँ अभियान सुरु गर्न नसके निकै अप्ठ्यारो हुन सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका नागडाँडामा रहेको महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवको बुधबार समापन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।
उनले भने “अब हामीले गम्भिर समिक्षा सहित आउदो दिनमा सुशासनको दृष्टिकोणले पनि विकास र समृद्धिको दृष्टिकोणले पनि नयाँ अभियान सुरु गर्न सकेनौं भने आउदो दीनमा देशमा निकै अप्ठ्यारो हुन सक्छ ।” नेपालको संविधान अनुसार मधेश, तराई र पहाडमा यो निर्वाचनमा केही नयाँ दलहरु जन्मेको हुनाले यसलाई सकरात्मक रुपमा नै लिनुपर्ने उनको भनाई छ । नेपाल र नेपाली जनताको सेवामा अझ राम्रोसंग सर्मपित हुने गरी लाग्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरु अहिलेको परिस्थितीलाई कसरी ग्रहण गर्ने बिषयमा गहन रुपमा छलफल र समिक्षा गर्नुपर्ने बताए ।
आफ्नो बाँकी जीवन शुसासन र विकासको निम्ति विताउने बताउदै प्रचण्डले यस पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दलका नेताहरुलाई केही चुनौती र अवसर दिएको उल्लेख गरे । सबै दलहरुले समिक्षा गरी आर्थिक विकास र समृद्धि गर्ने अभियानमा लाग्नुको विकल्प नभएको अध्यक्ष प्रचण्डको भनाई थियो । ठुला नेताहरुले भाषण गरेर मात्र नभई यो पटक नयाँ आर्थिक समृद्धिको क्रान्तिको थालनी गर्नुपर्ने उनले बताए । आफुलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भएमा पहिलो प्रथामिकता भ्रष्टचार नियन्त्रण गर्न तर्फ केन्द्रित हुने अध्यक्ष प्रचण्डको भनाई थियो । नेपालमा धेरै कुराको सम्भावना भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपालमा भएको श्रोत साधनलाई व्यापक रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । नेपालबाट केही बर्षमै अरबौ बिद्युत बिक्री गर्न सक्ने उनको दाबी गरे । पिच बाटोले गति बढ्ने जसले विकासले गति लिने दाबी गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले धुलाम्मे सडकमा आवश्यकताको आधारमा पिच बनाउनु पर्नेमा जोड दिए ।
आफु जन्मेको ठाँउमा आउदा स्थानियको आतिथ्यताले आफु निकै गौर्रावान्दित हुने गरेको उनले जनाए । अब देशको नेतृत्व तहमा आफु पुगेमा कास्की र अन्नपुर्ण क्षेत्रमा ऐतिहासिक रुपमा देखिने गरी विकास निर्माण गर्ने अध्यक्ष प्रचण्डले वचन दिएका छन् । प्रचण्ड २०६९ बर्षको उमेरमा उक्त बिद्यालयको ६३ बार्षिकोत्सवको हीरक जयन्ती समारोहमा समावेस भएका हुन्। ८ बर्षको उमेरमा उनी चितवन पुगेका हुन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु केसीले अन्नपूर्ण सहित नेपालको विकास र समृद्धिको प्रचण्ड पुनः प्रधानमन्त्री बन्नुपर्ने बताए । प्रचण्ड जन्मेको क्षेत्रमा हाल धुलाम्मे सडक भएकोले यहाँको विकासको लागि प्रचण्डको सहयोग आवश्यक भएको बताए । अन्नपूर्ण गाउँपालिका संस्थापक अध्यक्ष युवराज कुवंरले अन्नपूर्ण गाउँपालिकाको मुहार फेर्न ५ अर्ब ५० करोड रुपैयाको बजेट आवश्यक भएको बताए ।
विद्यालयका संस्थापक अनन्त सुवेदी, जग्गा दाता तथा आर्थिक सहयोग गर्नेहरुलाई सम्माान गरिएको थियो । विद्यालयका अध्यक्ष नरपति दाहालको अध्यक्षतामा उक्त महोत्सव बुधबार सम्पन्न भएको बिदालयका प्रध्यानाध्यापक ढकराज सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस्